१८ बैशाख २०८१, मंगलवार

सहकारी व्यवस्थापन गर्न कानून निर्माणको तयारी

२५ श्रावण २०७५, शुक्रबार
सहकारी व्यवस्थापन गर्न कानून निर्माणको तयारी

dGqL cof{n kqsf/ e]63f6df e"ld Joj:yf, ;xsf/L tyf ul/jL lgjf/0f dGqL kbdf cof{n cgnfOg kqsf/ ;+3 sf:sLåf/f z'qmaf/ kf]v/fdf cfof]lht kqsf/ e]63f6 sfo{qmddf af]Nb} . t:jL/ M xl/ af:tf]nf, kf]v/f, /f;;

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा संकलित पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिने बताउनुभएको छ ।

अनलाइन पत्रकार संघ कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सहकारीको समग्र व्यवस्थापन गर्न आवश्यक कानून निर्माणको तयारी भइरहेको बताईन ।
महिला र युवालाई लक्ष्य गरी उद्यमशीलताको विकास गर्नु आवश्यक भएको उनको भनाइ थियो । मन्त्री अर्यालले उपलब्ध साधन स्रोतको उपयोग गर्दै स्वरोजगारका कार्यक्रम अघि बढाउन सकिने बताईन ।

“सहकारीमा संकलित सानो पूँँजी समाजको आर्थिक समुन्नतिका लागि महत्वपूर्ण माध्यम बनेको छ,” उनले भनिन्, ‘यसबाट आपसी समझदारी एवं सामूहिक भावनाको विकास हुँदै गएको छ ।’
स्थानीय तह र सहकारीबीच समन्वय आवश्यक भएको औल्याउँदै उहाँले व्यवहारिकताका आधारमा सहकारीका लागि कर निर्धारण गर्नुपर्ने बताईन ।

अभिलेख

लोकप्रिय