२१ बैशाख २०८१, शुक्रबार

सहकारी बैंकको १३ औ साधारणसभा मंसिर १८ गते 

१९ आश्विन २०७३, बुधबार
सहकारी बैंकको १३ औ साधारणसभा मंसिर १८ गते 

देशभरका ८ हजार ५ सय सहकारी संघ संस्था सदस्य रहेको बैंकको साधारणसभाले गत वर्षको यथार्थ तथा चालु आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम पारित गर्नुका साथै लांभाश वितरण लगायतका निर्णय गर्ने प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिए ।

agm

ललितपुर । देशभरका सहकारीहरुको एक मात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा २०७३ मंसिर १८ गते हुने भएको छ ।

मंगलवार बसेको बैंक सञ्चालक समितिको वैठकले मंसिर १८ गते साधारणसभा काठमाडौंमा गर्ने निर्णय गरेको अध्यक्ष रमेश पोखरेलले जानकारी दिए ।

३८ वटा शाखा मार्फत सदस्य संस्थाहरुलाई सेवा दिदै आएको बैंकमा ७७ करोड शेयर रकम, ११ अर्व निक्षेप र ७ अर्ब लगानी रहेको छ ।
आगामी ३ वर्षमा १५ हजार भन्दा बढी शेयर सदस्य, २ अर्ब शेयर रकम, ३० अर्ब निक्षेप र २५ अर्ब लगानी गर्ने लक्ष्य लिएको छ । बैंकले सो अवधीमा १७ करोड लगानी कृषि, उत्पादन, प्रशोधन र सेवा क्षेत्रमा लगाउने योजना बनाएको प्रवन्ध सञ्चालक उप्रेतीले जानकारी दिए ।

अभिलेख

लोकप्रिय