१८ बैशाख २०८१, मंगलवार

सहकारी बैंकको नाफा ३० करोड, साढे ७ करोड कर भुक्तान

१९ श्रावण २०७५, शनिबार
सहकारी बैंकको नाफा ३० करोड, साढे ७ करोड कर भुक्तान

IMG_0352

काठमाडौं । सहकारीहरुको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७४÷०७५ को कारोबारबाट ७ करोड ३९ लाख कर राज्यलाई भुक्तान गरेको छ ।

बिहीबार बैंकको वार्षिक समिक्षा कार्यक्रमका अवसरमा बैंकले गत आर्थिक वर्षमा गरेको प्रगतिका बारेमा जानकारी गराइएको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकमा देशभरका ९ हजार ९ सय १२ वटा सहकारी संघ संस्था शेयर सदस्य, १ अर्ब ४ करोड शेयर पूँजि संकलन भएको बैंकले जनाएको छ ।

गत आर्थिक वर्षमा २० अर्ब निक्षेप संकलन, १३ अर्ब कर्जा लगानी गरी २९ करोड ५० लाख खुद नाफा आर्जन गर्न सफल भएको बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिए । वार्षिक कारोबारबाट ७ करोड ३९ लाख कर भुक्तान गरिएको उनले बताए ।

बैंकले आर्थिक वर्ष २०७३÷०७४ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १४ प्रतिशत लाभांश दिएको थियो । गत आर्थिक वर्षको कारोबारबाट यस पटक १५ प्रतिशत लाभांश दिने लक्ष्य बैंकले लिएको छ ।

अभिलेख

लोकप्रिय