१८ बैशाख २०८१, मंगलवार

सहकारीका सदस्यले पठाए तीन सञ्चालकलाई जेल, अन्य नौ सञ्चालक खोज्दै प्रहरी

२० भाद्र २०७५, बुधबार
सहकारीका सदस्यले पठाए तीन सञ्चालकलाई जेल, अन्य नौ सञ्चालक खोज्दै प्रहरी

pacrau

विराटनगर । मोरङ स्थित प्राइम बचत तथा ऋण सहकारीका सञ्चालकले करिब ४ करोड रकम ठगी गरेको आरोप लागेका १२ जना मध्ये तीन जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका न्यायधिश दिपक खनालको इजलासले बुधबार तीन सञ्चालकहरु ईन्द्रलाल श्रेष्ठ, ईश्वर श्रेष्ठ र बिष्णुप्रसाद सुवेदीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

सहकारीका १२ सञ्चालकबिरुद्घ एक महिनाको अनुसन्धानपछि ठगी मुद्दा दायर भएको थियो । २ सय ६८ जना सदस्यले ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ फिर्ता नदिएको निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । र, सोही अनुसार बिगो माग दाबी गर्दै सहकारीका प्रमुख विराटनगरका ६८ वर्षीय इन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव विराटनगरका ३४ वर्षीय ईश्वर श्रेष्ठ, उपाध्यक्ष बिराटनगर ३ का ४० वर्षीय विष्णुप्रसाद सुवेदी, सहकारीको कोषाध्यक्ष ४५ बर्षिय लिला खानम र संस्थाका सेयर सदस्य तेजप्रसाद ढकालविरुद्ध मुद्दा दायर गरेको थियो ।

संस्थाकी तत्कालिन सञ्चालक सदस्य ४८ वर्षीय गोमा श्रेष्ठ, तत्कालिन सचिव ५५ बर्षिय गणेशबहादुर श्रेष्ठ, कोषाध्यक्ष ४२ बर्षिय सुनिता दंगाल, गोपाल साह, बिमलादेवी सारदा भन्ने सारदादेवी बिमला उदास र पोखरा महानगरपालिका ८ का अनिल जोशीविरुद्ध पनि ठगी मुद्दा दायर भएको थियो ।

सञ्चालक अन्य नौ ९ जना अफै फरार छन् ।

अभिलेख

लोकप्रिय