१९ बैशाख २०८१, बुधबार

सर्वशुलभ सहकारीले दियो १५ अशक्तलाई न्यानो कपडा

२७ कार्तिक २०७३, शनिबार
सर्वशुलभ सहकारीले दियो १५ अशक्तलाई न्यानो कपडा

kapada

बारा । सर्वशुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड मनहर्वाको सातौं बार्षिक साधारणसभा शुक्रबार बडहर्वामा सम्पन्न भएको छ । सभाको डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोतम् प्रसाद पोखरेलले उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि समेत रहनु भएका पोखरेलले सहकारीको सफलताबाटनै आवद्ध सदस्यहरुको सफलता हुने भएकाले ईमान्दारिताका साथ कामगर्न सबैलाई आग्रह गरे। सदस्यहरुको गहन भुमिकाले मात्र एउटा सहकारी सफल हुने भन्दै पोखरेलले उत्पादनका क्षेत्रमा लगानी सदुपयोग गर्नुपर्नेमा जोड दिए । अर्को प्रसंग केलाउँदै सहकारीहरुमा दोहरो सदस्यता र कारोबार विकराल बन्दै गएको भन्दै यसप्रति सहकारीकर्मी र संस्थाहरु गम्भीर हुन जरुरी भएको बताए ।

यस्तै कार्यक्रमा बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष भोला प्रसाद गौतमले सामाजीक सांस्कृतीक समस्या समाधानमा सहकारीको भुमिका महत्वपूर्ण रहेको बताए ।

संस्थाले सभाको अवसरमा १५जना अशक्तहरुलाई न्यानो कपडा सहित सम्मान गरेको छ । संस्थाले खरिद गरेका एकहजार आठसय मुल्यका ब्ल्याङकेट प्रमुख अतिथि पोखरेल तथा विशिष्ठ अतिथि गौतमले अशक्त अपाङ्गहरुलाई प्रदान गरेका थिए । त्यस्तै सहकारीले सामाजीक अगुवा, छात्रछात्रा तथा उत्कृष्ठ कारोबारकर्ताहरुलाई समेत सम्मान गरेको छ ।

सहकारीले ५६८ सदस्यसँग झण्डै दुईकरोड पैंसठ्ठी लाख रुपैंया बराबरको कारोबार गर्दै आएको छ । सभाले कार्यक्रमा प्रस्तुत भएका आर्थिक तथा प्रशासनिक प्रतिवेदनहरु सुझाब सहित पारित गरेको छ ।

अभिलेख

लोकप्रिय