१६ बैशाख २०८१, आईतवार

विकूको आयोजनामा सदस्यलाई व्यवसायीक तालिम

१६ चैत्र २०७२, मंगलवार
विकूको आयोजनामा सदस्यलाई व्यवसायीक तालिम

नवलपरासी । विकू वचत तथा ऋण सहकारी संस्थाको मुख्य आयोजनामा सञ्चालन हुन लागेको निशुल्क ६५ दिने कुक तथा प्लम्विङ तालिम र ४५ दिने कृषि कार्यकर्ता तालिम शुरु भएको छ ।
विकूको मुख्य आयोजना, ब्यवसायीक तथा सिप विकास केन्द्र वुटवलको सहआयोजना तथा आईडियल ईन्जिनियरिङ कन्ट्रक्सन नवलपरासी र करियर गु्रप नेपाल पाल्पाको प्राविधिक सहयोगमा आयोजनामा १२५ जनाको लागि निशुल्क तालिम सुरु गरिएको हो ।
तालिमको उद्धघाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेलले कुरा नभई काम गर्ने वेला आएकाले तालिमलाई ब्यवहारमा उतार्नुपर्ने बताए ।
सदस्यहरुलाई सक्षम र उद्यमशिल वनाउन विकूले आयोजना गरेको तालिम निकै सह्रानिय रहेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै ब्यवसायीक तथा सिप विकास केन्द्र वुटवलका प्रमुख वालकृष्ण पौडेलले तालिम लिने तयारीमा रहेका प्रशिक्षार्थीलाई आत्मविश्वास, जोश, जागर र भविश्यको आशा राखेर तालिम लिन आग्रह गरे ।
त्यस्तै विकूका अध्यक्ष हरिलाल सापकोटाले अहिले आफै केहि गर्छु भन्दा पनि विदेश जान्छु भन्ने प्रवृत्ति देखिएको बताए ।
४५ दिने ग्रामिण कृषि कार्यकता तालिममा सहभागी ५० जनाका लागि डण्डामा, ६५ दिने कुक तालिममा सहभागी ५० जनाका लागि गैँडाकोटमा र ६५ दिने प्लम्विङ तालिममा सहभागी २५ जनाका लागि रजहरमा तालिम दिईने विकुका व्यवस्थापक माधवप्रसाद पौडेलले जानकारी दिए ।

अभिलेख

लोकप्रिय