२१ बैशाख २०८१, शुक्रबार

रेणुको अभिव्यक्ति व्यक्तिगत भएको भनाइ

६ फाल्गुन २०७१, बुधबार
रेणुको अभिव्यक्ति व्यक्तिगत भएको भनाइ

काठमाडौं । नेपाल भ्रमणमा आएकी भारतीय जनता पार्टीकी उपाध्यक्ष रेणु देवीको भनाई व्यक्तिगत विचार भएको भारत सरकारले जनाएको छ ।

‘कार्यक्रममा व्यक्त भएका भनी संचार माध्यममा उल्लेखभएका बक्तव्यहरु श्रीमती रेणु देवीका आफ्ना विचारहरु भएकाले त्यसले भारत सरकारको नीति प्रतिबिम्बित गर्दैन ।’ भारतीय राजदूतावासले एक प्रेस बक्तव्य जारी गरी भनेको छ । यस्ता बक्तव्यहरुको सत्यता सम्बन्धमा राजदूतावासलाई जानकारी नभएको बताएको छ । रेणु देवीले नेपाल हिन्दु राष्ट्र हुनुपर्ने भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टीको आधिकारिक लाइन भएको बताएकी थिइन् ।

अभिलेख

लोकप्रिय