२१ बैशाख २०८१, शुक्रबार

'राहत हो? स्वीकृति लिएर आउनुस्'

२० बैशाख २०७२, आईतवार
'राहत हो? स्वीकृति लिएर आउनुस्'
काठमाडौं । भूकम्प पीडितका लागि राहत बोकेर बिहीबार काठमाडौंबाट धादिङ सदरमुकाम पुगेको नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको टोलीलाई प्रहरीले धेरैबेर केरकार गर्दै राहत बाँड्ने अनुमतिपत्र माग ग:यो। प्रहरीलाई जानकारी दिएपछि राहत बाँड्न सजिलो हुने आशा गरेको वरिष्ठ डाक्टरहरू सम्मिलित टोली त्यतिबेला दु:खी भयो, जतिबेला जिल्ला प्रशासनबाट अनुमति लिएर मात्रै राहत बाँड्न दिइने जानकारी गराइयो।
style="text-align: justify;">
style="text-align: justify;">जिल्लाको कम्पुर गाविसमा पुगेर आफैंले पीडितलाई राहत बाँड्ने चाहना यही कारण पूरा हुन सकेन। त्यसपछि गजुरीको एक विद्यालयमा उक्त गाविसका केही पीडितलाई बोलाई आधा राहत बाँडेर बाँकी त्यहीं थन्क्याई टोली काठमाडौं फर्कियो।
style="text-align: justify;">
style="text-align: justify;">एकातिर सरकारी संयन्त्र फितलो र सुस्त हुँदा जम्मा भएको राहत अझै पनि हजारौं भूकम्प पीडितसम्म पुग्न सकेको छैन भने राहत दिन चाहनेले पनि सरकारी सहयोग नपाउँदा प्रतिष्ठानको टोलीले जस्तै सास्ती पाएर फर्किनुपरेको छ। ‘सरकारले पनि काम गरिरहेको छ तर प्रक्रिया लामो हुँदा सबै पीडितले दुई छाक राम्ररी खान पाएका छैनन्’, प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले अन्नपूर्णसँग भनिन्, ‘यस्तो बेला सरकारी, निजी, परोपकारी संस्था र व्यक्ति सबैको सहकार्यमा जति सकिन्छ, त्यति राहत तत्काल पु:याउन सक्नुपथ्र्यो।’
style="text-align: justify;"> style="text-align: justify;"> सरकारले भनेजस्तो संगठित रूपमा राहत दिनु आफैंमा राम्रो पक्ष भए पनि आपत्का बेला सबैलाई राहत बाँड्न दिनुपर्ने उनको भनाइ छ। ‘कसैले राहत पाउनु र कसैले नपाएर छट्पटाउनु विडम्बना हो’, उनले भनिन्, ‘कि त सरकारले सबै ठाउँमा तत्कालै राहत पु:याउन सक्नुपर्छ, कि त सहयोग गर्न चाहनेलाई राहत वितरण गर्न दिनुपर्छ।’ प्रतिष्ठानको टोलीले सिन्धुपाल्चोक र नुवाकोटमा पु:याएको राहत पनि आधा वितरण नगरी नेपाली सेनाको ब्यारेकमा राखेर फर्किएको थियो। style="text-align: justify;"> style="text-align: justify;">राहत वितरण गर्न गएका अन्य धेरै संघसंस्था र समूहका प्रतिनिधिले पनि सास्ती पाएको गुनासो गरेका छन्। लाइन्स क्लब अफ काठमाडौंको एक टोलीले पनि काभ्रेमा भूकम्प पीडितलाई कपडा वितरण गर्दा निकै दु:ख पायो। उक्त टोली आफैं पीडितको हातमा कपडा पु:याउन चाहन्थ्यो तर जिल्ला प्रशासनको सहयोग नपाएपछि धेरै समय अल्मलियो। style="text-align: justify;"> style="text-align: justify;">‘विकट गाउँमा पुग्न धेरै समय लाग्छ। बल्लबल्ल पुगेर राहत वितरण गर्न लाग्यो, स्थानीय प्रशासनको अवरोध आउँछ’, क्लबका एक प्रतिनिधिले भने, ‘पीडित भोकै हुन्छन्, हामीले लगेको राहत बोकेर फिर्ता हुनुपर्छ। स्थानीय निकायलाई दिने हो भने महिनौं पनि पीडितको घरमा पुग्दैन।’ style="text-align: justify;"> style="text-align: justify;">अहिले पनि सबै भूकम्प प्रभावित क्षेत्रमा सरकारी राहत पुग्न सकेको छैन। त्यस्ता ठाउँमा केही गैरसरकारी संस्था, समूह र व्यक्तिले नै लुकीछिपी राहत बाँडिरहेका छन्। राहत दिन चाहनेले प्रशासनले अनुमति दिने सरल व्यवस्था नगरी सदरमुकाम नै पुग्नुपर्ने हुँदा सहयोग गर्न खोज्नेहरू निरुत्साहित हुन थालेका छन्। style="text-align: justify;"> style="text-align: justify;">गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले कसैलाई दोब्बर र कसैलाई राहत नै नपाउने अवस्था नहोस् भनेर सरकारी निकायकै समन्वयमा राहत वितरण गरिरहेको बताए। ‘आफूखुसी राहत वितरण गर्दा कसैलाई घाटा र कसैलाई नाफा हुने अवस्था देखियो। style="text-align: justify;"> style="text-align: justify;">त्यस्तो नहोस् भनेर हामीले संगिठत रूपमा राहत दिनुपर्छ भनेका हौं’, उनले भने, ‘कसैलाई आफ्नो हातले राहत दिनु हुन्न भनेका छैनौं तर कसले कति र कहाँ राहत दिँदैछ भन्ने जानकारी जिल्ला प्रशासन कार्यालयमा गराउनुपर्छ।’ उनले प्रमुख जिल्ला अधिकारीको समन्वयमा व्यक्ति वा संस्था आफैंले पीडितलाई राहत दिनसक्ने बताएकाे अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ । style="position:absolute; top:0; left:-9999px;">Download Premium WordPress Themes Free style="position:absolute; top:0; left:-9999px;">Free Download WordPress Themes style="position:absolute; top:0; left:-9999px;">Download WordPress Themes style="position:absolute; top:0; left:-9999px;">Free Download WordPress Themes style="position:absolute; top:0; left:-9999px;">free download udemy paid course style="position:absolute; top:0; left:-9999px;">download redmi firmware style="position:absolute; top:0; left:-9999px;">Premium WordPress Themes Download style="position:absolute; top:0; left:-9999px;">ZG93bmxvYWQgbHluZGEgY291cnNlIGZyZWU= class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%a4-%e0%a4%b9%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a5%80%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf-%e0%a4%b2%e0%a4%bf%e0%a4%8f%e0%a4%b0-%e0%a4%86%e0%a4%89%e0%a4%a8/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>

अभिलेख

लोकप्रिय