१९ बैशाख २०८१, बुधबार

‘राष्ट्रिय व्यक्तित्व सम्मान’ पुरस्कारबाट श्रेष्ठ पुरस्कृत

२७ कार्तिक २०७३, शनिबार
‘राष्ट्रिय व्यक्तित्व सम्मान’ पुरस्कारबाट श्रेष्ठ पुरस्कृत

sahara sahakariझापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले स्थापना गरेको एक लाख राशिको ‘राष्ट्रिय व्यक्तित्व सम्मान’ पुरस्कारबाट यस वर्ष काठमाडौँ निवासी शङ्करमान श्रेष्ठ पुरस्कृत भएका छन् ।

स्वावलम्बन विकास केन्द्रका अध्यक्षसमेत रहेका श्रेष्ठलाई सहकारीको विकासमा योगदान पु¥याएको भन्दै पुरस्कृत गरिएको हो । उनलाई सो सहकारीको २०औँ साधारणसभाको अवसरमा आज राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले पुरस्कार प्रदान गरेका हुन् ।   त्यस्तै ५१ हजार राशिको प्रो मो युनुस सहारा पुरस्कारबाट सुन्दर दुलारी नगरपालिका–१ मोरङ निवासी ४७ वर्षीय दुर्गादेवी सुवेदी पुरस्कृत भएकी छिन् ।

सो अवसरमा उक्त सहकारीका कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले आव २०७२/७३ मा सहकारीले १२ करोड ४४ लाख खुद नाफा गरेको जानकारी दिए । हालसम्म सो सहकारीको सेयर सदस्य सङ्ख्या एक लाख पाँच हजार पुगेको छ भने कुल बचत एक अर्ब ९२ करोड ७२ लाख रहेको बताइएको छ ।

अभिलेख

लोकप्रिय