१९ बैशाख २०८१, बुधबार

मुक्तिनाथ सहकारीको दैनिक कारोबार शुभारम्भ

२५ कार्तिक २०७३, बिहीबार
मुक्तिनाथ सहकारीको दैनिक कारोबार शुभारम्भ

muktinath-helat-cvoop

बागलुङ । मुक्तिनाथ स्वास्थ्य सहकारी संस्था लि. बागलुङले आफ्नो दैनीक कारोवार शुभारम्भ तथा सदस्य शिक्षा तालिम कार्यक्रम बिहीवार संस्थाको सभाहल बागलुङ बजारमा सम्पन्न गरेको छ ।

सदस्यहरुमाझ दैनीक रुपमा कारोवार गर्ने अभिप्रायले नयाँ व्यवस्थापनका साथ सुरुवात भएको कारोवारको शुभारम्भ तथा सदस्य शिक्षा तालिमको उद्घाटन सहकारीकर्मी देववहादुर श्रेष्ठले गरे । कार्यक्रममा मुक्तिनाथ स्वास्थ्य सहकारी संस्था लि. बागलुङले उपलव्ध गराउने सेवा सुविधाहरुको बारेमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिदै भरपर्दो स्वास्थ्य संस्थाको स्थापना गरि यस क्षेत्रका नागरिकहरुलाई सक्षम भरपर्दो र स्तरीय चिकित्सा सेवा उपलव्ध गराउने पवित्र उद्देश्यका साथ मुक्तिनाथ स्वास्थ्य सहकारीको स्थापना गरेको बताए ।
पौडेलले सदस्यहरुलाई मुक्तिनाथ हस्पीटल एण्ड रिसर्च सेण्टर प्रा.लि. संग समन्वय गरी विशेष छुटमा स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि छलफल भईरहेको समेत जानकारी दिए । सोही कार्यक्रममा नयाँ व्यवस्थापनका साथ सम्पूर्ण स्वास्थ्य सेवाहरु सञ्चालन गरिरहेको मुक्तिनाथ हस्पीटल एण्ड रिसर्च सेण्टर प्रा.लि. बागलुङका सर्जन डा. प्रदेज सापकोटाले मुक्तिनाथ हस्पिटलले २४ सै घण्टा ईर्मेजेन्सी सेवा, एक्स–रे, अल्ट्रा साउण्ड, ई.सी.जी., ल्यावोरोटरी, कोलोनोसकपी, ईन्डोसकपी, माईनर, ईन्टरमेडीयट र मेजर अपरेसन, पोष्ट ऐन्थेस्टीक कियर युनीट (प्याक्यु) सेवा उपलव्ध गराउदै आईरहेको र केही महिना भित्र आई.सी.यु. सेवा, पेडीयट्रीक वार्ड, सिक्सटीन सलाईस सिटी स्क्यान लगाएका सेवाहरु सुचारु गर्न लागिरहेको बताए ।
संस्थाले दैनीक कारोवार शुभारम्भको पहिलो दिन ५७ लाख ५८ हजार ३ सय त्रिहत्तर लाख बराबरको कारोवार गरेको छ ।

अभिलेख

लोकप्रिय