१८ बैशाख २०८१, मंगलवार

बागेश्वरी सहकारीको साधारण सभा सम्पन्न

३ भाद्र २०७५, आईतवार
बागेश्वरी सहकारीको साधारण सभा सम्पन्न

 
_DSC2235
काठमाडौं : रामेछापको खाँडादेव गाउँपालिका–१ राकाथुम स्थित वागेश्वरी साना किसान कृषि सहकारी संस्था लिमिटेड तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । त्यस्तै प्रगतिशील युवा समाजको १६ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन पनि एकै साथ सम्पन्न भएको छ ।

रामेछापका प्रतिनिधी सभा सदस्य श्यामकुमार श्रेष्ठले वागेश्वरी साना किसानले कृषकको क्षमता अभिवृद्धिका लागि पु¥याएको योगदानको कदर गरेका थिए । त्यस्तै रामेछाप प्रदेश सभा (ख) का माननिय सांसद शान्ति प्रसाद पौडेल, ने.क.पा. केन्द्रीय सदस्य देव शंकर पौडेल, ने.क.पा. केन्द्रीय सदस्य युवराज चौलागाई, ने.क.पा. केन्द्रीय सदस्य माधव ढुंगेल, पूर्व सांसद डिल्लीमान तामाङ, खाँडादेवी गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठ, राकाथुम वडा प्रमुख विष्णुकुमार श्रेष्ठ लगायत रामेछाप जिल्लाका केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरुको सहभागी भएको थियो ।

वागेश्वरी साना किसान कृषि सहकारीका अध्यक्ष रुद्रबहादुर श्रेष्ठले सहकारी तथा समाजको कार्यप्रगतिबारे जानकारी दिएका थिए । वागेश्वरी र युवा समाजको आर्थिक प्रतिवेदन लेखा संयोजक विनोदकुमार श्रेष्ठ र सचिव मकर श्रेष्ठले सार्वजनिक गरेका थिए । बागेश्वरीका भावी कार्ययोजना अध्यक्ष रुद्रबहादुर श्रेष्ठले जानकारी दिएका थिए भने यूवा समाजको भावी कार्ययोजना उपाध्यक्ष राम कुमार श्रेष्ठले जानकारी दिएका थिए ।

अभिलेख

लोकप्रिय