१८ बैशाख २०८१, मंगलवार

वागेश्वरी साना किसान सहकारीको अध्यक्षमा रुद्रबहादुर श्रेष्ठ

३ भाद्र २०७५, आईतवार
वागेश्वरी साना किसान सहकारीको अध्यक्षमा रुद्रबहादुर श्रेष्ठ

_DSC2235

काठमाडौं : रामेछापको खाँडादेव गाउँपालिका–१ राकाथुम स्थित वागेश्वरी साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा रुद्रबहादुर श्रेष्ठ चयन भएका छन् ।

शनिबार सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै संस्थाको उपाध्यक्षमा खड्गबहादुर श्रेष्ठ, सचिवमा सुदिप श्रेष्ठ, कोषाध्यक्षमा प्रेम कुमारी श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा टेकबहादुर श्रेष्ठ, बिना श्रेष्ठ, पुनमाया श्रेष्ठ, चेत नारायण श्रेष्ठ र बद्रीकुमार श्रेष्ठ चयन भए ।

त्यस्तै साधारणसभाले विनोदकुमार श्रेष्ठको संयोजकत्वमा दुई सदस्यीय लेखा समिति समेत चयन गरेको छ । लेखा समितिको सदस्यमा रामकुमार श्रेष्ठ र रमेश श्रेष्ठ चयन भए ।

bageshori

अभिलेख

लोकप्रिय