२१ बैशाख २०८१, शुक्रबार

नेपाल भ्रमण फलदायी : भारतीय विदेश सचिव जयशंकर

२१ चैत्र २०७१, शनिबार
नेपाल भ्रमण फलदायी : भारतीय विदेश सचिव जयशंकर

काठमाडौं । नेपाल भ्रमण फलदायी भएको भारतका विदेश सचिव एस जयशंकरले बताएका छन् ।

नेपालको दुईदिने औपचारिक भ्रमण पूरा गरी शुक्रबार अपराह्न स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्ना नेपाली समकक्षी शंकरदास बैरागीसँगको छलफल उत्पादनमूलक रहेको बताए ।

छलफलमा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्षमा छलफल हुनुका साथै नेपाल–भारतबीच कार्यान्वयनका निम्ति सहमति भएका परियोजनाहरूको अवस्थाको समीक्षा भएको उनले जानकारी दिए ।
नेपाल बसाइका क्रममा भारतीय विदेश सचिवले राष्ट्रपति डा। रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेका साथै विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका थिए ।
राजनीतिक नेतृत्वसँगको भेटवार्तामा आफूले नेपालमा लोकतन्त्रको स्थायित्व शान्ति र समृद्धिका निम्ति नेपाली जनतासँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता स्पष्ट पारेको पनि विदेश सचिव जयशंकर जानकारी दिए । ‘भारतको विदेश नीतिमा नेपाल उच्च प्राथमिकतामा रहेको विषय पनि मैले उहाँहरूलाई अवगत गराएँ ।’ उनले भने ।

अभिलेख

लोकप्रिय