१८ बैशाख २०८१, मंगलवार

नेपाल बहुउद्देशीय सहकारी कर्मचारी पाँच दिनदेखि बेपत्ता, खोजीमा बेवास्ता गरेको गुनासो

१३ श्रावण २०७५, आईतवार
नेपाल बहुउद्देशीय सहकारी कर्मचारी पाँच दिनदेखि बेपत्ता, खोजीमा बेवास्ता गरेको गुनासो

NMC_Jhapa
बिर्तामोड । नेपाल बहुउद्देशीय सहकारी (एनएमसी) का बजार प्रतिनिधि तेजु बराल पाँच दिनदेखि बेपत्ता भएका छन् । पाँच दिनदेखि बेपत्ता हुँदा पनि खोजी गर्न सहकारी संस्थाले चासो नदिएको परिवारले गुनासो गरेका छन् ।

सहकारी कै कामको सिलसिलामा बेपत्ताहुँदा समेत बरालको विषयमा कार्यालयले चासो नदिएको उनका बुबा दुर्गा बरालले जानकारी दिए । अर्जुनधारा नगरपालिका डाडाँगाउँका २८ वर्षीय बराल एनएमसीमा विगत पाँच वर्षदेखि कार्यरत रहेका थिए । उनी यही साउन ९ गतेदेखि परिवारको सम्पर्क छैनन् । परिवारले इलाका प्रहरी कार्यालय बिर्तामोडमा खोजी गरिदिन आग्रह गर्दै निवेदनमा दिएका छन् ।

बिर्तामोडमा तीन ठाउँमा वचत संकलन गरेपछि सम्पर्कमा नरहेको परिवारले जनाएको छ । इलाका प्रहरी कार्यलय अनारमनी र भन्सार कार्यलय काकरभिट्टाको सीसी क्यामरामा उनलाई सो समयमा देखिएको परिवारको भनाइ छ । इलाका प्रहरी कार्यालयको सीसी क्यामरामा पूर्व गएको र सोही दिन ११ बजेर ४८ मिनेटमा काँकरभिट्टाबाट पूर्व अर्थात भारतर्फ लागेको देखिएको उनका बुबा दुर्गा बरालले जानकारी दिए ।

बेपत्ता बराल हिडेको दिन एनएमसीमा रहेको आफ्नै खाताबाट चारआली स्थित शाखाबाट २५ हजार रकम निकालेको समेत बुझिएको बुबा दुर्गाले बताए । संस्थाका वरिष्ठ प्रवन्धक सूर्य मैनालीले खोजीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा संस्थागत रुपमा समेत निवेदन गरिएको बताएका छन् ।

प्रकाशित मिति : साउन १३, २०७५

अभिलेख

लोकप्रिय