२१ बैशाख २०८१, शुक्रबार

नाटकयात्राका बारे खुले महेश

८ फाल्गुन २०७१, शुक्रबार
नाटकयात्राका बारे खुले महेश

काठमाडौं । नाटक ‘थर्टी डेज् इन् सेप्टेम्बर’का भारतीय लेखक महेश दत्तानी नेपाल भ्रमणमा रहेका छन् । नाटक थिएटर भिलेजमा अहिले मन्चन भइरहेको छ ।

नेपाल आएको अवसरमा भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले बिहिबार गरेको ‘भ्वाइसेज’ कार्यक्रममा उनी नाटकयात्राका बारेमा मज्जाले खुले । भारतमा अंग्रेजी भाषामा नाटक लेखेर विख्यात साहित्य एकेडेमी पुरस्कार पाउने उनी पहिलो नाटककार हुन् ।

mahes1

‘१२ वर्षको उमेरमा म नाटकका लागि नै जन्मिएको महसुस भयो,” उनले अनुभव सुनाए । घरमा बुवाआमाले स्नातक सकेपछि जे गरे पनि हुन्छ भनेपछि नाटक र पढाइलाई जारी राखेको उनले बताए । परीवार व्यापारमा रमाएको भए पनि आफू त्यसमा रमाउन नसके बताए । ‘नाटककै लागि घर र सम्पत्ति त्यागेर लागिपर्दा बुवाआमाले सुरुमा चित्त दुखाए’ उनले भने ।

‘सुरुमा म नाटकमा अभिनय गर्न चाहन्थे तर कैयौं पटक कलाकारका रुपमा अस्वीकृत भएपछि पर्दा पछाडि व्यस्त हुन थाले । यसले मलाई धेरै कुरा सिकायो र कलाकारभन्दा पनि निर्देशक हुनु धेरै ठूलो कुरा हो भन्ने महसुस गरायो ।’ उनले भने । थर्टी डेज इन सेप्टेम्बर नाटक एउटा गैरसरकारी संस्थाको अनुरोधमा गहन अनुसन्धानपछि मात्रै लेखिएको उनको भनाइ थियो ।

कार्यक्रममा फाउन्डेसनका सचिव अभय कुमारले महेशलाई उपहार दिएका थिए । साताव्यापी नेपाल बसाइको क्रममा उनी पोखरा पनि घुम्ने कार्यक्रम रहेको छ । उनी थिएटर भिलेजमा तीन दिने नाटक लेखन कार्यशाला चलाउने छन् ।

अभिलेख

लोकप्रिय