१९ बैशाख २०८१, बुधबार

नविकरण साकोसमा पुनः चिरञ्जीवी गौतम

११ मंसिर २०७३, शनिबार
नविकरण साकोसमा पुनः चिरञ्जीवी गौतम

nabakiran

बागलुङ । नवकिरण बचत तथा ऋण सहकारी संस्था लि ( नवकिरण साकोस) बागलुङको पाँचौ वार्षिक साधारण सभा तथा दोश्रो अधिवेसन नयाँ सञ्चालक समिति चयन गर्दै शनिवार सम्पन्न भएको छ । सभाले पुनः चिरञ्जीवी गौतमको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मतीबाट चयन गरेको छ ।

समितिको उपाध्यक्षमा रामप्रसाद शर्मा, सचिव नवराज शर्मा, सह–सचिव पोषक सापकोटा, कोषाध्यक्ष विष्णु चापागाई, सदस्यहरु राजकुमार पौडेल, खगेश्वर पौडेल, डिल्लीप्रसाद शर्मा, तारक पराजुली र प्रमिला पराजुली रहेका छन् । साथै साधारण सभाले रमकान्त शर्मा संयोजक तथा दिपेन्द्र जैसी र चन्द्रप्रसाद रेग्मी सदस्य रहेको ३ सदस्यीय लेखा समिति पनि सर्वसम्मतीबाट चयन गरेको छ ।

अभिलेख

लोकप्रिय