१९ बैशाख २०८१, बुधबार

ताइवानका सहकारीको अध्यययनमा नेपाली टोली

३० कार्तिक २०७३, मंगलवार
ताइवानका सहकारीको अध्यययनमा नेपाली टोली

taiwanकाठमाडौं । ताइवानका सहकारीहरुको अध्ययन अवलोकनका लागि आयोजित एक हप्ते कुलरक अवलोकन कार्यक्रममा गएको नेपाली टोली शनिवार नेपाल फर्किएको छ । क्रेडिट यूनियन लेज अफ द रिपब्लिक अफ चाइना (कुलरक) ले एशियाली ऋण महासंघ (अक्कु) मा आवद्ध देशका सहकारीकर्मीहरुका लागि प्रत्येक वर्ष अवलोकन कार्यक्रम आयोजना गर्दै आएको छ ।

कात्तिक २२ देखि २६ गतेसम्म ताइवानको ताइजुङमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका तर्फबाट अध्यक्ष रमेश पोखरेल र सञ्चालक रामबहादुर जिसीको सहभागिता रहेको थियो । नेपालका तर्फबाट राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) अक्कुका सदस्य रहेका छन् ।

कुलरकले सञ्चालन गरेको कार्यक्रममा ताइवानमा सहकारीको विकास, सहकारी मार्फत देशको आर्थिक तथा सामाजिक उत्थानमा भएको प्रगतिका विषयमा फेङ चिया विश्व विद्यालय र कुलरकका पदाधिकारी तथा विज्ञहरुले जानकारी गराएका थिए । फेङ चिया विश्व विद्यालय सहकारी अर्थतन्त्र विभागका प्रमुख वो चाओ चानले सहकारी मार्फत देशको आर्थिक विकासमा भएको उपलब्धी तथा सहकारी शिक्षाका बारेमा जानकारी गराएका थिए ।

टोलीले ताइजुङको पहिलो वचत तथा ऋण सहकारी डाओ मिङ क्रेडिट यूनियन, ग्रामिण क्षेत्रमा सञ्चालित टोङ मिङ क्रेडिट यूनियन, घरेलु यूनियन उपभोक्ता सहकारी, चाओ स्याङ क्रेडिट यूनियनको अवलोकन गरेको थियो । ताइवानमा वचत तथा ऋण सहकारी भन्दा उपभोक्ता सहकारी सफल रहेको टोलीका सहभागी बैंकका अध्यक्ष रमेश पोखरेलले जानकारी दिए ।

उपभोक्ता सहकारीमा ७० हजार शेयर सदस्य रहेका छन् । सदस्यहरुले उत्पादन गरेका वस्तुको विक्री वितरण तथा सदस्यहरुलाई आवश्यक पर्ने खाद्यान्न लगायत वस्तु समेतको व्यवस्थापन गरेको होम मेकर्श यूनियन कञ्जुमर सहकारीका अध्यक्ष शु शियू चियोले जानकारी गराएका थिए । कुलरकका अध्यक्ष तथा एशियाली ऋण महासंघका उपाध्यक्ष ऊ तियन तेङले कुलरक एक्पोजर कार्यक्रमबाट विभिन्न देशमा सहकारी मार्फत भएका प्रगतिका बारेमा जानकारी लिई आफ्नो देशको सहकारी अभियानलाई प्रभावकारी बनाउन तथा कमजोरीहरुलाई सुधार गर्न सहयोग पुग्ने बतए । अवलोकन भ्रमणमा नेपाल सहित बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स र म्यानमारका गरी १२ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपालको सहकारी अभियान र बैंकको अवस्थाका बारेमा अध्यक्ष रमेश पोखरेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

अभिलेख

लोकप्रिय