१९ बैशाख २०८१, बुधबार

जयमनकामना सहकारीको १६ औं साधारणसभा

८ मंसिर २०७३, बुधबार
जयमनकामना सहकारीको १६ औं साधारणसभा

jaya-photo

कास्की । पोखराको लामाचौरमा रहेको जयमनकामना बचत तथा ऋण सहकारी संस्थालि.को १६ औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै ओम डेभलपमेन्ट बैकका प्रमुख कार्यकारी अधिकृत बिश्ब मोहन अधिकारीले राज्यले सहकारीलाई हेर्ने दृष्टिकोणमा विगतको तुलनामा परिवर्तन भएको भएपनि सहकारी मैत्री नीति आउन नसकेको बताए । उनले राज्यले पछिल्लो समयमा तीन खम्वे अर्थनीति कार्यान्वयन गरेको र जयमनकामना सहकारीले राज्यलाई तिरेको कर प्रसंस गर्न लाएक रहको बताए । साथै यस सहकारीले सदस्यलाई गरेको लघुबित्त कार्यक्रम सरायिन रहेको समेत अधिकारीले बताए ।

संस्थाका सल्लाहकार पुष्पेन्द्र पाण्डेले यस सहकारी यस क्षेत्रको अभिवाबक संस्थाभएको र यसलाई दिगो रुपमा अगाडी बढाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए । लेखा समिती संयोजक सुरेन्द्रमान सिंह भण्डारीले सहकारीको र्मम र भाबनाको कदर कर्दै विधिको व्यबस्थाअनुसार संस्था सचांलनआजको आबश्यकता रहको बताए ।शेयरसदस्य सुबास अधिकारी, सजिलो सहकारीका अध्यक्ष गिरिधारी शर्मा लगाएतले संस्थालाई भाबी दिनमा अझ प्रगती गर्न सकोस भन्ने शुभकामना दिएका थिए ।

हाम्रो सहकारी भरपर्दो सहकारी भन्ने मूलनाराका साथ २०५७ सालमा स्थापित यस सहकारीले ४७ करोडको कारोबार गरेको छ ।

अभिलेख

लोकप्रिय