१९ बैशाख २०८१, बुधबार

चुक्ता पुँजी ८ अर्ब पुर्याउन मर्जर, बोनस र हकप्रद सेयरको साहारा

२५ कार्तिक २०७३, बिहीबार
चुक्ता पुँजी ८ अर्ब पुर्याउन मर्जर, बोनस र हकप्रद सेयरको साहारा

Bonusकाजी श्रेष्ठ

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको व्यवस्थाअनुसार ०७४ असार मसान्तसम्म वाणिज्य बैंकको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पु¥याउन बोनस र हकप्रद सेयरको साहाराले पनि सम्भव नभएपछि मर्जरमा जान थालेका छन । सञ्चालनमा रहेका केही बैंकबाहेक धेरै जसो बैंकको चुक्ता पुँजी ८ अर्ब पुगेको छैन । गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ०७४ असार मसान्त सम्ममा वाणिज्य बैंकहरूको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । अधिकांश बैंकले चुक्ता पुँजी वृद्धिको बलियो आधार मर्जर, बोनस सेयर र हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गरिरहेका छन् ।

हाल नेपाल इन्भेस्टमेन्ट बैंकले कुल चुक्ता पुँजी ८ अर्ब ७१ करोड रुपैयाँ पु¥याएको छ । निजी क्षेत्रका प्रर्वधकद्वारा सञ्चालित बैंकमध्ये ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउने इन्भेस्टमेन्ट पहिलो बैंक हो । बैंकको हालै सम्पन्न ३० औं साधारणसभाले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेसँगै बैंकको चुक्ता ८ अर्ब पुगेको हो । चुक्ता पुँजी बढाउन दबाबमा रहेकाले बैंकले सेयर धनीलाई सकेको बोनस सेयर दिएर पुँजी वृद्धि गर्ने योजना बनाएको छ । सोही अनुसार बैंकले बोनस सेयरको घोषणा गरेका छन् । चुक्तापूँजी बढाउनुपर्ने वाध्यकारी व्यवस्था भएपछि पछिल्लो समयमा बैंकहरुले हकप्रद र फरदर पब्लिक अफरिङ (एफपीओ) समेत निष्काशन गर्न थालेका छन् । हाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनका लागि प्राइम कमर्सियल बैंक, सेन्चुरी कमर्सियल बैंक र जनता बैंकले अनुमति पाइसकेको छ ।

धेरै जसो बैंकले चुक्ता पुँजी वृद्धिका लागि मर्जरलाई प्राथमिकता दिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए । मर्जर, बोनस सेयर, हकप्रद सेयर र फरदर पब्लिक अफरिङ (एफपिओ) नै चुक्ता पुँजी वृद्धि गर्ने आधार रहेकाले यसतर्फ बैंक लागेको पौडेलको भनाइ छ ।
२८ वाणिज्य बैंकमध्ये १२ वटा बैंककले ०७२÷७३ को नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा निजी क्षेत्रका बैंक मात्र रहेका छन् । २८ वाणिज्य बैंकमध्ये तीन वटा बैंक सरकारी स्वामित्वमा सञ्चालनमा छन् । उनीहरूको नाफा अर्बभन्दा बढी भए पनि हालसम्म लाभांश घोषणा गरेका छैनन् । सरकारी स्वामित्वको बैंकको चुक्ता पुँजी ८ अर्ब नाघिसकेको छ ।

गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सबैभन्दा धेरै लाभांश दिनेमा नबिल बैंक रहेको छ । नबिलले ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश गरी ४५ प्रतिशत लाभांश घोषणा गरेको छ । ४ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको बैंकको बोनस सेयर वितरणपछि ६ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम अर्थात् ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउन नविलले अझै एक अर्ब ८३ करोड रुपैयाँ थप्नुपर्ने हुन्छ । त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश गरी कूल ४१ प्रतिशत लाभांश वितरण गरेको छ । बोनस सेयरपछि इन्भेस्टमेन्ट बैंकले ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याएको छ ।

त्यस्तै स्टान्डर्ड चार्टर्ड बैंकले ३३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बोनस सेयर पारित भएपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ८१ करोड रुपैयाँ मात्रै छ । बैंकले ३ अर्ब ३ करोड रुपैयाँ बराबरको एफपिओ जारी गरी चुक्ता पुँजी ७ अर्ब ५ करोड र चालु आर्थिक वर्षको नाफाबाट १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर दिएर ८ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी पु¥याउने योजना सार्वजानिक गरिसकेको छ ।

त्यसैगरी एनआइसी एसिया बैंकले २६ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश गरी सेयरधनीलाई कुल २७ दशमलव ३७ प्रतिशत लाभांस वितरण गरेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी पाँच अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । बैंकले चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने हालै सम्पन्न साधारणसभाबाट पारित गरेको छ । त्यस्तै नेपाल बंगलादेश बैंक (एनबी बैंक) ले सेयरधनीलाई ३२ प्रतिशत बोनस सेयर र त्यसको कर प्रोजनका लागि १ दशमलव ६८ प्रतिशत गरी कुल ३३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको छ । असोजमा सम्पन्न साधारणसभाले सञ्चालक समितिको लाभांश प्रस्ताव पारित गरेको हो । बोनस सेयर पारित भएसँगै बैंकको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुगेको छ । बैंकले ८० प्रतिशत हकप्रद सेयर दिएर ७ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी पु¥याउने र चालु आर्थिक वर्षको कमाएको नाफाबाट बोनस सेयर दिएर ८ अर्ब रुपैयाँ पु¥याउने रणनीति एनबी बैंकले बनाएको छ ।

प्राइम कमर्सियल बैंकको सञ्चालक समितिले सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १ दशमलव २१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकले चुक्ता पुँजी बढाउने उद्देश्यले आफ्नो हैसियतले भ्याएसम्म बोनस सेयर दिने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ७० करोड रुपैयाँ छ । २३ प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ । चुक्ता पुँजी आठ अर्ब पु¥याउन बैंकले ४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी थप गर्नुपर्नेछ । बैंकले धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्काशन अनुमति प्राप्त गरिसकेको छ ।

यसैगरी सनराइज बैंकले सेयरधनीलाई ३३ दशमलव ३३ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । नेपाल एसबिआई बैंकले २८ प्रतिशत बोनस सेयर र १ दशमलव ५३ प्रतिशत नगद लाभांश गरी २ ९ दशमलव ५३ प्रतिशत लाभांशको घोषणा गरेको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । २८ प्रतिशत बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ४ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ ।

त्यसैगरी, सिटिजन इन्टरनेसनल बैंकले १५.८ प्रतिशत बोनस सेयर र ०.८३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ४ अर्ब २० करोड रुपैयाँ पुगेको छ । ८ अर्ब चुक्ता पुँजी पु¥याउनको लागि बैंकले हकप्रद सेयर दिने तयारी गरेको छ ।

यसैगरी एनएमबी बैंकले लेखा परीक्षणपश्चात् वितरणयोग्य रकममध्येबाट २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको ८ कात्तिकमा बसेको सञ्चालक समितिको ३ सय २२ औं बैठकले १९ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ पुग्न बैंकका सिइओसमेत रहेको पौडेलले बताए । राष्ट्र बैंकको निर्देशनअनुसार चुक्ता पुँजी वृद्धि गर्न कुनै समस्या नरहेको र सहजै पुग्ने पौडेलले बताए ।

यस्तै ग्लोबल आइएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पुँजी छ अर्ब १६ करोड रुपैयाँ रहेको छ। बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ७ अर्ब १४ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । ४ अर्ब ५९ करोड चुक्ता पुँजी बैंकको रहेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब २८ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

  • कमाण्डर पोष्ट

अभिलेख

लोकप्रिय