२० बैशाख २०८१, बिहीबार

गैडाकोट साकोसको 'न्यानो वितरण' अभियान

२७ पुष २०७२, सोमबार
गैडाकोट साकोसको 'न्यानो वितरण' अभियान

गैंडाकोट । गैडाकोट बचत तथा ऋण सहकारी संस्था लिं (गैडाकोट साकोस) गैडाकोट २ नवलपरासी द्धारा गैडाकोट नगरपालिका वार्ड नं ३ हर्दि स्थित श्री मौला देवी प्रा.बि.मा अध्ययन गर्ने बिद्यार्थिहरुलाई चिसो बाट बचाउन न्यानो लुगा बितरण गरिएको छ ।

गैडाकोट साकोसको न्यानो अभियान अन्तरगत संस्थाले हरेक वर्ष सामुदायिक बिद्यालयहरुमा अध्ययन गर्ने बिपन्न बिद्यार्थिहरुलाई यस्तै किसिमको कार्यक्रम संचालन गर्ने सिलशिलामा यस पटक गैडाकोट नगरपालिकाको दुर्गम क्षेत्रमा रहेको यस बिद्यायमा कार्यक्रम संचालन गरिएको हो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर न्यौपाने को अध्यक्षतामा संचालन भएको बितरण कार्यक्रम गैडाकोट साकोसका अध्यक्ष प्रेमबहादुर गुरुङ, सचिव देवराज पौडेल, संचालक समिति सदस्य श्रीराम भट्टराई, कुल प्रसाद पाण्डे, जानमाया सिग्देल, लेखा तथा सुपरिबेक्षण समिति सदस्य गिरीराज उपाध्याय, ऋिण उप समिति सदस्य सिता न्यौपाने, ब्यबस्थापक रामचन्द्र सुबेदी लगायतको उपस्थिति रहेको थियो ।

२०५० सालमा स्थापना भएको गैडाकोट साकोसको ३९ सय सदस्य, २ करोड ९० लाख सेयर पुँजि र २५ करोड ५० लाख कुल पुँजि रहेको छ । गैडाकोट नगरपालिका कार्यक्षेत्र रही अमरापुरीमा सेवाकेन्द्र समेत संचालन गरेकोे संस्थाले हाल सालै नेफ्स्कुन उत्कृष्ट क्षेत्रिय पुरस्कार २०७२, उत्कृष्ट सहकारी ब्याबशाय पुरस्कार २०७१ प्राप्त गर्न सफल भएको छ ।

अभिलेख

लोकप्रिय