२१ बैशाख २०८१, शुक्रबार

‘कन्भरसेसन’मा ‘अक्षरगञ्ज’ को चर्चा

२ फाल्गुन २०७१, शनिबार
‘कन्भरसेसन’मा ‘अक्षरगञ्ज’ को चर्चा

काठमाडौं । ‘कन्भरसेसन’को २४औं शृङखलामा कुमार नगरकोटीको ‘अक्षरगञ्ज’ को चर्चा गरिएको छ ।

भारतीय दूतावास र बीपी कोइराला नेपाल–भारत प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कार्यक्रममा लेखक नगरकोटीले ‘अक्षरगञ्ज’ को नामाकरण नेपाली शब्द शैलीभन्दा नितान्त फरक भएको बताए ।

‘मलाई अक्षरको आवाजसँग खेल्न मन पर्छ,’ नगरकोटीले भने– । आफ्नो आलोचनालाई बेवास्तागर्ने गरेको उनले बताए ।  नगरकोटीको लेखन शैलीको चर्चा गर्दै लेखक शेखर खरेलले नगरकोटी शब्दको जादूगर भएको बताए । प्रतिष्ठानका सचिव अभय कुमारले नेपालका विभिन्न साहित्यकारहरूसँगको यो संवादले दुई वर्षको यात्रा तय गरेको बताए ।

आगामी १९ फेब्रीवरीमा हुने ‘भ्वाइसेस’मा भारतका चर्चित चलचित्र निर्देशक महेश दट्टानी र २३ फेब्रुअरीमा हुने पोयमाण्डूमा भारतीय कवि मनोहर शेट्टी उपस्थित हुने जानकारी दिए ।

अभिलेख

लोकप्रिय