२१ बैशाख २०८१, शुक्रबार

उद्धारकार्यको स्थलगत निरीक्षण

२५ बैशाख २०७२, शुक्रबार
उद्धारकार्यको स्थलगत निरीक्षण
भक्तपुर । भक्तपुरमा भारतीय सेनाले गरिरहेको उद्धारकार्यको नेपालका लागि भारतीय राजदूत रञ्जित रायले बिहीबार स्थलगत निरीक्षण गरेका छन् ।

राजदूतले भक्तपुर-२ स्थित जेँला र मकोका भूकम्पले भत्काएका घरसमेत निरीक्षण गरेका हुन् । उनलाई भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल एके शर्माले उद्धारकार्यबारे बिफ्रिङ गरेका थिए।
भारतीय सेनाका प्राविधिकले भक्तपुरमा भूकम्पले भत्काएका घरका भग्नावशेष हटाउने र नगर क्षेत्रमा बाटो खुला गर्ने काम गरिरहेकाे छ । प्राविधिकले एउटा जेसीभी र ६ वटा मिनी एक्साभेटर प्रयोग गरेर भग्नावशेष हटाउने काम गरिरहेको हो।
वैशाख १६ गते नेपाल आइपुगेको ५० जनाको टोलीले विभिन्न ६ क्षेत्रमा काम गरिरहेको छ । राजदूतले भक्तपुर पुरातात्त्विक महत्त्व बोकेको सम्पदास्थल भएकाले सजग भई काम गर्न भारतीय प्राविधिक टोलीलाई सुझाव दिए। उनले स्थानीयका घर सफा गर्नुअघि अनुमति लिनसमेत सचेत गराए।

अभिलेख

लोकप्रिय