१८ बैशाख २०८१, मंगलवार

अन्तर्राष्ट्रिय टोलीद्वारा सहकारी बैंकको अवलोकन

८ मंसिर २०७३, बुधबार
अन्तर्राष्ट्रिय टोलीद्वारा सहकारी बैंकको अवलोकन

ncbl-1

ललितपुर । एशियाली ऋण महासंघ (अक्कु) मा आवद्ध सदस्य देशका सहकारीकर्मीहरुको एक टोलीले मंगलवार राष्ट्रिय सहकारी बैंक लिमिटेडको अवलोकन गरेको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड र नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेडको संयुक्त आयोजना तथा व्यवस्थापनमा अक्कुमा आवद्ध विभिन्न सदस्य संघका प्रतितिधिहरुको एक टोलीले बैंकको अवलोकन गरेको हो ।

बंगलादेश, म्यानमार, फिलिपिन्स, थाइल्याण्ड र श्रीलंकाका गरी १० जनाको टोलीलाई बैंकका प्रवन्ध सञ्चालक के.बी. उप्रेतीले स्वागत गरेका थिए । अक्कुको पूर्ण सदस्य रहेको राष्ट्रिय सहकारी बैंकको समग्र अवस्थाका बारेमा जानकारी गराउदै प्रवन्ध सञ्चालक उप्रेतीले अन्य देशमा भएका उल्लेख्य कार्यहरुको अनुशरण गर्दै अगाडि बढ्न भ्रमण सहयोगी हुने धारणा राखे ।

राष्ट्रिय सहकारी बैंकले गरेका कार्यहरुले आफुहरुलाई उत्साहित बनाएको भन्दै म्रमणटोलीका सदस्यहरुले यसको अनुशरण गर्न आवश्यक रहेको बताएका थिए ।

मंसिर ६ गतेदेखि १० गतेसम्म हुन लागेको अध्ययन अवलोकन कार्यक्रममा सहभागी टोलीले नेपालमा वचत तमंसिर ६ गतेदेखि १० गतेसम्म हुन लागेको अध्ययन अवलोकन कार्यक्रममा सहभागी टोलीले नेपालमा वचत तथा ऋण सहकारी एकरुपता प्रणाली अन्तरगत अगाडि सारिएको नीति, विधि र प्रविधिका विषयमा अध्ययन गर्नुका साथै एक्सेस ब्राण्ड प्राप्त सहकारीहरुको सिकाई समेत अवलोकन गर्ने जनाएको छ ।

अभिलेख

लोकप्रिय