खिला दाहाल । राणा शासनको भूत उत्रन नपाउँदै नेपालमा एक समय यस्तो आयो की छर–छिमेकी बाजाबाज गरे, एक अर्का वीच झगडा भयो भने, एकले अर्कालाई सत्तो सरापी सकेपछि पनि केहि नलागे अन्तिम अस्त्रको रुपमा “तेरो घरमा कांग्रेस पसोस, तलाई कांग्रेस लागोस्” भन्ने गर्थे । त्यो सरापले जस्ता सुकै दुश्मनी पनि देखावटी रुपमै भएपनि साम्य हुन करै लाग्थ्यो । यानीकी त्यो बखत कांग्रेसीहरुसँग सर्वसाधारण त्यसरी डराउथे । त्यसपछि पञ्चायती शासनको छाँयापनि सँगै थियो, फेरी केही समयपछि यस्तो बेला आयो जसले त्यो कांग्रेसी रवाफ, हैकमलाई मात खुवाइदियो र आफ्नो पकड बनायो, त्यो थियो माओवादी शब्द । तेरो घरमा माओवादी छिरोस्, तलाई माओवादी लगाइदिन्छु भनेपछि सर्वसाधारणमा डर, त्रास उत्पन्न हुन्थ्यो र उसले गर्न खोजेको सबै बिर्सेर हो मा हो मिलाउनु पथ्र्यो । जनता कहिले पञ्चायत, कहिले कांग्रेस, कहिले माओवादी त कहिले के वादीको हैकमी शासनको सिस्नुपानीले सेकिई रहनुपरेको छ ।
समय परिवर्तनशिल छ, समयसँगै सबै परिवर्तन भएर जान्छन् । बुजु्रकहरु यसै भन्छन् । हुन पनि हो समयसँगै सयौं कुराहरु परिवर्तन भएका हामिले देखेका छौं । चाहे हामी परिवर्तन हुन नसके पनि हाम्रो सोच अनी हाम्रो हैकमी व्यहोरा परिवर्तन हुन नसके पनि । हामी उठ्न सकिरहेका छैनौं तीनै पुराना सोच अनी तौर तरिकाबाट । तर समयले धेरै परिवर्तन गराई सकेको छ ।
अव त एक अर्कालाई गाली गर्नुपर्यो भने पनि शब्द फरक भईसकेका छन् । एक अर्का प्रति सत्तो सराप गर्नुपर्यो भने न त तेरो घरमा कांग्रेस पसोस भन्छन, न माओवादी पसोस् । अब भन्छन त केवल “तेरो घरमा सहकारी पसोस तँलाई सहकारी लागोस” । धेरै मानिसलाई आजभोली सहकारी कुकुरलाई लुतो जस्तै भएको छ रे । धेरैलाई सहकारी काम नलाग्ने सामाग्री थन्क्याउने साइड, डम्पिङ साइड भएको छ रे, अनी शत्रुलाई फसाउने जाल भएको छ रे सहकारी । कही केही पाइनस् भने नेता बन्नु है नाती, भनेर हजुरवाले दिने आशिष आज भोली परिवर्तन भएर कहीकतै केही भएन भने सहकारी खोलेस् भन्नेमा परिवर्तन भएको छ ।
यी माथिका जम्मै शब्द तीनै सहकारीकर्मीले ओकली रहँदा यो पंक्तिकारलाई चाँही कताकता मन कुँडिएर आयो । के खराव मात्र हो त सहकारी । यी कुराले आफू र आफ्नो पेशा प्रति नै घृणा हुन थालेको छ, किनकि आफू कतै न कतैबाट सहकारीसँग नै आबद्ध छु, लाग्छ गलत बाटो पो अंगालेछु कि । तर हैन महोदय, सहकारी खानीको ढुङ्गा हो, यसलाई कुशल कलाकरले जुनसुकै रुप दिन सक्छ, यो पूजिन सक्छ । यसको दिन दिनै मन्दिरमा राखेर पूजा हुन सक्छ । त्यसैले यसलाई केवल आकार दिने कुशल मूर्तिकारको कमी छ । स्थान दिन योग्य पुजारीको कमी छ । यसलाई बुझ्ने भित्री आँखाको कमी छ, अनी कमी छ सच्चा भक्तहरुको । न की सेवाको नाममा सहीछाप गराएर पुजाको ढोङ गर्नेहरुको । विकृतीको आगो सहरको धुरीबाट सल्कियर सुरु भएको छ जग सम्म पुग्न वेर छैन समयमै चेतना भय १
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७
९ चैत्र २०७९, बिहीबार
महासम्मेलनले सहकारीको समस्या समाधानमा सहयोग पुर्याउँछ: केबी उप्रेती
९ चैत्र २०७९, बिहीबार
सर्वसुलभ उपभोक्ता सहकारी पसलको शाखा विस्तार
९ चैत्र २०७९, बिहीबार