काठमाडौं । सहकारी संघ÷संस्थाको छाता संगठन मानिने राष्ट्रिय सहकारी संघको अध्यक्ष बन्नका लागी ठुलै राजनीतिक चलखेल सुरु हुन थालेको छ । नेतृत्व हत्याउन सहकारीकर्मीदेखि अन्य राजनितिक दलका नेताहरु समेत अहिले कसरतमा लागेका छन् ।
निर्वाचनको मिती तय नभए पनि सहकारीकर्मीहरु आफ्ना पार्टी निकटकालाई संघको अध्यक्ष देखि सञ्चालकमा ल्याउन दौड धुपमा केन्द्रीत हुन थालेका हुन् । संघको नेतृत्व कस्ले गर्ने भन्ने विषयमा सहकारीकर्मीहरुले औपचारिक घोषणा नगरे पनि आन्तरिक तयारी भने तिब्रता दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार अहिले एमाले निकटका सहकारीकर्मीहरुले नेफ्स्कुनका निवर्तमान अध्यक्ष मिनराज कडेंललाई अघि सारेर अन्यमा सहमती खोज्ने तरखरमा रहेको उनि निकट सहकारीकर्मी बताउँछन् । काँग्रेस र माओवादी निकट सहकारीकर्मीहरुमा अध्यक्षको आकांक्षी रहे पनि एमालेको पोल्टामा अध्यक्ष र अन्य दुई पार्टी निकट सहकारीकर्मीलाई सहमतीको आधारमा मिलाएर लैजाने तयारी भै रहेको एक सहकारी अगुवाले बताए ।
गत पुस ७ मा सम्पन्न नेफ्स्कुनको निर्वाचनमा एमालेको प्यानललाई बहुमतका साथ विजय गराउन धेरै भूमिका खेलेका कडेललाई राष्ट्रिय सहकारी संघको अध्यक्ष बनाउन एमाले निकट सहकारीकर्मीहरुले बल्खुमा दौडधुप चलाएको उनि निकट स्रोत बताउँछ ।एमाले निकट सहकारीर्मीहरु माझ कडेललाई सर्बसहमत संघको अध्यक्ष भै सकेको र निर्वाचनको मैदानमा औपचारिक घोषणा हुने दाबी गर्न थालेका छन ।
‘संविधानसभाको निर्वाचन अघि नेपाल स्वास्थ्य केन्द्रीय सहकारी संघका अध्यक्ष राजेन्द्र पाण्डे लगभग पक्का जस्तै थिए । तर उनि अहिले सभासद् भए र उनको चर्चा सेलायो, त्यस्तै केशब बडाल पनि समानुपातिक तर्फबाट सभासद् बनेका छन् । अहिले मिनराज जीको भाग्य बलियो छ ’ लामो समय देखि सहकारीमा सक्रिय एक सहकारीकर्मी भने ।
कानुन अनुसार संघको साधारणसभा पुष मसान्त सम्ममा गर्नुपर्ने भएपनि सभाको मिति अहिले सम्म तोकेको छैन ।
संघको साधारणसभा ढिला हुनको प्रमुख कारण राजनीतीक भागभण्डाको कसरी गर्ने भन्ने विषयमा कुरा नमिल्नु नै मुख्य बिषय रहेको सहकारीकर्मीहरु बताउँछन ।
सहकारी बैंक र नेफ्स्कुनमा एमाले समुहको एकलौटी प्रवेशले समेत काँग्रेस र माओवादी निकटका सहकारीकर्मीलाई कसरी मिलाएर लैजाने भन्ने बिषय अन्यौल भएको उनिहरुको बुझाई छ । बैंक र नेफ्स्कुनको निर्वाचनमा जोकर बनेका काँग्रेस र माओवादी निकट सहकारीकर्मीहरु संघमा चुनाव नहुने र संघलाई सहमतीकै आधारमा लैजानमा आशावादी छन्। काँग्रेस निकट एक सहकारीकर्मी भन्छन्, हिजो बैंक र नेफ्स्कुनमा जुन किसिमले एकलौटी ढंगले कब्जा जमाए त्यो अबस्था संघमा आउन सहज छैन। त्यसैले पनि सहमतीको आधारमा संघ चलाउनुको विकल्प छैन,ति सहकारीकर्मीले भने ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता
८ जेष्ठ २०७९, आईतवार
शिव शिखरकाे २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सुर्खेतकाे मेहलकुनामा
७ जेष्ठ २०७९, शनिबार
हार्दिक बधाई !
६ जेष्ठ २०७९, शुक्रबार