२४ असोज २०८१, बिहिबार

तपाईहरु लुकेर नबस्नुहोस्, एक दिन अवस्य फस्नुहुन्छ

२०७० माघ ४, शनिवार
तपाईहरु लुकेर नबस्नुहोस्, एक दिन अवस्य फस्नुहुन्छ

ऋषिराज घिमिरे

अध्यक्ष, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्सकुन)

बचत तथा ऋण सहकारी संस्थाप्रति सर्वसाधारणको विश्वास गुम्दै गइरहेको र वित्तीय सहकारीको भविश्यका बारेमा बहस भइरहेको बेला अध्यक्ष चुनिनु भएको छ । यो चनुौतिको सामना कसरी गर्नुहुन्छ ?

हामीलाई प्रविधिको ज्ञान भएन, तर संस्थाहरु धेरै खोलिए बचत संकलन र ऋण लगानी धेरै गरियो । बचत तथा ऋण सहकारीलाई बैंक भन्न मिल्दैन तर प्रोसेस र काम गराई भने बैंक जस्तै हो । सहकारीको अनुगमन गर्नु पर्छ भनेर मैले मुद्धा नै उठाइराखेको छु, अनुगमन गर्ने निकाय नै भएन । केही संस्थामा अनुगमन गरिएपनि त्यो औपचारिकताका लागि मात्र भइरहेको छ । विस्तृत रुपमा अनुगमन भएकै छैन । त्यसैले मैले मेरो कार्यकालमा अनुगमन गर्नका लागि विभिन्न योजना तयार पारेको छु । हामीले विभागबाट सदस्यहरुको अनुगमन गर्ने अधिकार पाइसकेका छौं । त्यसका लागि पहिलो (अफ साइड मनिटरीङ सिस्टम) अर्थात् नेफस्कुनमा नै बसेर आफ्ना सम्पुर्ण सदस्यको अनुगमन गर्न सकिने व्यवस्था बनाउन जरुरी छ । अनुगमनपछि संस्थाहरुको कहाँनिर कमजोरी छ, लगानीमा वा काम गराइमा त्यो बुझेर उनीहरुलाई टेनिङ दिनु पर्छ । अनुगमन गर्ने निकायले सुशासन पनि सिकाउने हो । हामीले राष्ट्र बैंकको प्रतिनिधि, सहकारी मन्त्रालयको सदस्य, सहकारी विभाग र नेफस्कुनका सदस्यहरु बसेर सहकारीको अनुगमन कसरी गर्ने भन्ने विषयमा कार्ययोजना बनाउदै छौ । अर्को अनुगमन टुल र सफ्टवेयर डेभलपमेन्टका लागि एक अन्तराष्ट्रिय सहकारी संस्थासँग कुरा गरिरहेका छौ । हामीले काम गर्न ढिला भएको मात्र हो । कानुन अनुसार काम गर्न मिल्छ की मिल्दैन भनेर हामी हेर्दैनौ । कानुन पछि आउने हो पहिले काम गरिन्छ । बचत तथा ऋणको छुट्टै ऐन चाहिन्छ । नेफ्स्कुनले सरकारलाई सहजीकरण गर्नुपर्ने छ । सहकारी मन्त्रालयसँग बसेर हामीले काम अगाडी बढाइ रहेका छौ । हामीले एउटा खाका बनाएका छौ । बचत तथा ऋण सहकारी संस्थालाई कसरी लाने भनेर त्यो खाका छिट्टै ऐन बनाएर लागु गराउने तर्फ नेफ्स्कुन लागेको छ ।

नेपालमा सहकारी गरिवहरुको बचतका लागि ल्याइएको देख्न्छि तर अहिले सहकारीलाई हेर्ने हो भने धनी तथा संभ्रान्त परिवारको हातमा गइरहेको देखिन्छ । सहकारीको मुल मर्म र वास्तविकता त एकदमै भिन्न देखिन्छ नी ?

ग्रामीण भेगमा समुदायमा आधारीत संस्था धेरै छन् तर सहरमा भने कमै रहेका छन् पारिवारिक रुपका सहकारी संस्थाहरु सहरमा केन्द्रित छन् । सेयर रकम चार करोड हुने संस्थाको बचत एक करोड मात्र भएको पनि देखेका छौं । ति संस्थाहरु एकदिन दुर्दशामा पर्छन त्यो निश्चित छ । अहिले नै सजग गर्नका लागि बारबार अनुरोध गरिरहेका छौ । तपाईहरु लुकेर नबस्नुहोस्, एक दिन अवस्य फस्नुहुन्छ ।

यो बैंक त हैन, सदस्यको पैसा हो । समुदाय हेरेर मासिक रुपमा सहकारीमा रकम जम्मा गर्ने हो । समुदायमा सहकारी संस्था खुलेपछि त्यो धनी भएपनि गरिव भएपनि सहकारीमा आवद्ध हुन पाउछन् यो सहकारीको नियम हो । धनी धनी मात्र मिलेर शुसासनको वेवास्ता गरी सहकारी खोल्न पाइदैन । यदी सवैको साझा फुलबारीको रुपमा ऐन आएमा सवै एकै स्थानमा बस्नु पर्छ छुट्टै बस्न पाइदैन । हामी सहकारी सिकाइ चरणमा छौं । अझैै २५ वर्ष कुर्ने हो भने थोरै सहकारी संस्था मात्र हुन्छन् ।

तिन दर्जन सहकारीहरु समस्याग्रस्त छन्, ति मध्ये धेरै बचत तथा ऋण सहकारी संस्थाहरु रहेका छन् । सहकारीमा बढ्दै गएको विकराल समस्या समाधान गर्न र अरु सरकारीमा यस्तो समस्या आउन नदिन तपाईहरुले राय के हो ?

अहिले हामीले अल्पकालिन र दीर्घकालिन समस्या समाधानका उपायबारे सुझाव दिने सोच बनाएका छौ । हामीले हाम्रा सबै संचालकलाई यसबारे राय दिनका लागि पनि पत्र पठाएका छौं ।

अल्पकालिन रुपमा नियतबस हो की अन्जानमा संस्था समस्यामा परेको हो सोही अनुसारको व्यवहार गर्नुपर्छ । कतिपय संस्थाहरुले घरजग्गामा लगानी गरेर समस्यामा परेका छौं भने कतिपय संस्थाहरुको चलाउनका लागि पर्याप्त ज्ञान नभएका कारण समस्यामा परेका छन् । दोस्रो जानजान गल्ती गरेका छन् जस्तै आफनै घर, गाडी तथा विलासीताका सामग्री किन्नका लागि सर्वसाधरणको रकम प्रयोग गरेको छन् । अन्जानमा समस्यामा परेका सहकारीलाई समाधानका लागि मौका दिनुपर्छ । सुधारको बाटो अपनाइदिनुपर्छ भने गलत गर्नेलाई छोड्न हुदैन कारबाही गर्नुपर्छ । हामीले सोही पत्र लेखेका छौ । समस्या के भएको हो बुझेर त्यही किसिमको उपचार गर्नुपर्छ । दीर्घकालिन रुपमा भने सहकारीमा समस्या आउन नदिन ऐन छ्टिै ल्याउनुपर्छ भने बचतको सुरक्षाका लागि स्टेफलाइजेसेन फन्डको पनि व्यवस्था गर्नुपर्छ ।

यहाँ भन्दा अघि डेपुटी गर्भनर महाप्रसाद खतिवडा संयोजक रहेको सुझाव समितिले सहकारीको बचतमा सिमा लगाउने, कार्यकारी सञ्चालक बस्न नपाउने कुराहरु ल्याएको थियो । त्यसैको आधारमा नियमावली संसोधन भई मन्त्रालय पुगेपनि सहकारी सस्थाहरुको दवावमा रोकिएको छ । यसबारे नेफस्कुनको धारणा के हो ?

सिमा लगाउनेगरी बनेको नियमावलीको हामीले पनि विरोध गरेकै हो । कतिपय सहकारीकर्मीहरु जुलुस नै जानु भयो । महाप्रसाद अधिकारी भन्दा अगाडी बैकुण्ठ अर्याल आयोगले सिमा लगाउने प्रस्ताव ल्याएको हो । महाप्रसाद आयोग चाही छोटो अवधिको भयो र अधिकार सम्पन्न नभएकोले अधिकार सम्पन्न आयोग बनाउन पर्ने सुझाव दिएको आधारमा अहिले गौरीबहादुर कार्कीको अध्यक्षमा आयोग बनेको हो ।

सहकारीमा ३० लाख सिमा भन्ने चाही नबुझेर गरेको हो । समुदायको वित्तिय सुविधा दिने भनिएर खोलिएको संस्थाले व्यक्तिको जतिसुकै रकम पनि लिनुपर्छ । यदि त्यो नियमावली आएको भएपनि सहकारी अभियानले मान्ने थिएन । लागु नहुने ऐन ल्याउन खोजेर हुदै हुदैन । बहस पैरवी नगरी तिस लाखको सिमा निर्धारण गर्ने भन्ने कुरा राम्रो होइन । कार्यकारी अध्यक्षमा नेफस्कुनको अवधारणा कार्यकारी क्रमशः हटाउँदै जानुपर्छ भन्ने हो । कार्यकारी सञ्चालकका नामले संस्थामा आएको बचत झिक्ने सम्भावना भकाले कार्यकारी संचालकलाई विस्तारै हटाउँदै लैजानुपर्छ । संस्थामा नीतिगत कुराका लागि सर्वेसर्वा अध्यक्ष हो भने व्यवस्थापनको प्रमूख कार्यकारी हो । दुवै एकै हुदा संस्थामा नराम्रो असर पर्छ ।

अहिले पार्टीको सिफारिस विना सहकारीका संघमा चुनाव जित्न सकिन्न भनिन्छ तपाई कुन पार्टीको सिफमरीसमा अध्यक्ष हुनु भएको ?

मलाई निर्वाचन पूर्व सहकारी अभियानका साथीहरुले कुन पार्टीको भनेर सोधेनन् । उहाँहरुले नै मलाई अध्यक्ष बनाएको हो । तर गाह्रो चाही पर्ने रहेछ कुनै न कुनै खेमा समात्नुपर्छ की जस्तो समेत भइसकेको थियो । तर कुनै पार्टीमा नलागी जितियो । म सवैको ऋणी छु । सहकारीकर्मीको नाम बोकेर यहाँ आउन सक्नु चाही मलाई कठिन थियो ।

अहिले राजनीतिको किचलो देखिएको छ सहकारीमा कसरी हटाउन सकिएला ? समस्या चिन्तन र सोचमा छ । यो जनताको पैसा हो र म नोकर मात्र हो भन्ने सोच भएमा कुनै पनि समस्या हुदैन । सहकारी पद्धती अपनाउदै जादा सहकारीमा पनि शुद्धीकरण हुन्छ । आगामी दिनमा नेफ्स्कुनमा प्रबेश गर्नका लागि समुदायमा आधारित संस्था भएको मानिस शुद्ध सहकारीकर्मी भएर प्रबेश गर्नसक्ने वातावरण बन्दैछ । वर्तमान सहकारी मासिकबाट

अभिलेख

लोकप्रिय