१८ मंसिर २०७७, बिहीबार

विकू र दियालो साकोस बीच एकिकरण, एकिकृत सेवा शुभारम्भ

२ कार्तिक २०७७, आईतवार
विकू र दियालो साकोस बीच एकिकरण, एकिकृत सेवा शुभारम्भ

गैंडाकोट, २ कात्तिक

विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुर महानगरपालिका–३ कमलनगर चोकबाट एकिकृत सेवा शुभारम्भ गरेको छ । संस्थाले शनिबारबाट दियालो सेवा केन्द्रमार्फत सेवा शुभारम्भ गरेको हो ।

गैंडाकोट नगरपालिका–८ मा केन्द्रीय कार्यालय भई नवलपुर र चितवन जिल्लामा सेवा प्रवाह गरिरहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नारायणगढमा रहेको दियालो बचत तथा ऋण सहकारी संस्था लि. बीच एकिकरण भएको थियो।

नयाँ सुविधायुक्त कार्यालयसहित दियालो सेवा केन्द्रको बैद्धिक पुजाआजा तथा एकिकृत सेवा शुभारम्भ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको शुभारम्भ गदै संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाले विकू नेपालको सर्बोत्कृट बचत तथा ऋण सहकारी रहेको बताउनुहुँदै नीति, विधि र प्रविधि नै विकुको सफलता भएको बताउनु भयो ।

नवलपुर र चितवन जिल्लाको सबै स्थानिय स्तरमा उत्कृष्ट वित्तिय सेवा पु¥याउने उद्येश्यले संस्थाले कायक्षेत्र बिस्तार गरेको बतादै सहकारी भावनाले सम्पुर्ण चितवन बासीलाई संस्थामा आवद्ध गरि सर्वशुलभ वित्तिय तथा गैरवित्तिय कार्यक्रम मार्फत सदस्यहरुको जिवनस्तर वृद्धि ,वित्तिय साक्षरता, प्रविधि साक्षरता, व्यावसायिकता विकास, उद्यमशिलता विकास र निरन्तर सामाजिक उत्तरदायित्व बहन गर्ने मुख्य उद्येश्यले सेवा बिस्तार गरेको जानकारी गराउनुभयो । ५० पैसा बाट ६ अबै र २६ जनाबाट ८० हजार शेयर सदस्य पुग्नु नै ठुलो सफलता रहेको कुरा व्यक्त गर्दै संस्था राष्ट्रिय सहकारी अभियानमा सिकाइको पाठशाला तथा अन्तराष्ट्रिय सहकारीका लागि उदाहरणीय नमुना रहेको बताउनु भयो।

शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थापक अध्यक्ष खेमराज सापकोटाले विगतमा अप्ठेरो परिस्थितिको सकरात्मक सामना गर्दै चुनौतीलाई अवसरको रुपमा सदुपयोग गर्दै निरन्तर सदस्य सेवामा लागेकोले यो उपलब्धी सम्भव भएको बताउदै आगामी दिनमा सबैलाई समेटेर अगाडी बढ्ने कुरा व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्तव्य दिदै भरतपुर महानगरपालिका–२ का वडा अध्यक्ष पुर्णकुमार क्षेष्ठले विकू सहकारी उत्कृष्ट सक्षम र सबल सहकारी रहेको बताउनुहुँदै यस क्षेत्रको विकासमा विकूको महत्वपुर्ण योगदान रहने बताउनु भयो । साथै संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै स्थानिय निकाएको तर्फबाट सधै सहयोग रहने प्रतिवद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा दियालो सेवा केन्द्रका संयोजक एवं पुर्व अध्यक्ष जिवराज अधिकारीले विकू बचत तथा ऋण सहकारी सँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसि भएको बताउनुभयो । विकूले अगाडी सारेको नीति तथा कार्यक्रहरुले चितवनकोे विकास र सदस्यको जिवनस्तर परिवर्तत गर्ने विश्वास व्यक्त गर्नुभयो। सदस्य सेवामा विकुको निति विधि तथा प्रविधि नै संस्था एकिकरण गर्न महत्वपुर्ण पक्ष रहेको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण गर्दै प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले उच्च प्रविधियुक्त वित्तिय तथा गैरवित्तिय सेवा प्रदान गर्दै दियालो सेवा केन्द्रलाई डिजिटल सेवा केन्द्रको रुपमा विकास गरिने बताउनुभयो ।

 

कार्यक्रममा स्थानिय जनप्रतिनिधि, स्थानिय सामाजिक व्यक्तित्वहरु ,शेयर सदस्यहरु, स्थानिय व्यावसायीहरु, पुर्व अध्यक्ष, संचालक समिति, लेखा सुपरिवेक्षण समिति ,विभिन्न सेवाकेन्द्रका संयोजक ,प्रमुख अधिकृत, लगायत उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।

कार्यक्रममा कोरोना भाइरस संक्रमण कोभिड–१९ को प्रकोपलाई मध्यनजर गर्दै उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाईएको थियो ।

अभिलेख

लोकप्रिय