१३ बैशाख २०८१, बिहीबार

बचत गर्न सिकाउँदै स्कुल स्कुलमा विकू

२० मंसिर २०७९, मंगलवार
बचत गर्न सिकाउँदै स्कुल स्कुलमा विकू

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘स्कुल स्कुलमा विकू’ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम हुप्सेकोट गाउँपालिको श्री सूर्यज्योती माध्यमिक विद्यालय जुगेपानी र श्री जनता माध्यमिक विद्यालय बेलुवामा सम्पन्न गरेको छ ।

फरक फरक स्थानमा सञ्चालन गरिएकोे कार्यक्रममा श्री सूर्यज्योती मा.वि का प्रधानाध्यापक निमु गिरी र श्री जनता मा.वि का प्रधानाध्यापक चोक बहादुर पाईजाको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको हो ।

विकू गरिमा सेवा केन्द्र व्यवस्थापन उपसमिति संयोजक सानु भुषालले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा कक्षा ८, ९ , १० र ११ का गरि २५० भन्दा बढी जना विद्यार्थीहरुको सहभागिता रहेको विकूले जनाएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, संस्थाको सेवा केन्द्र व्यवस्थापन उपसमिति पदाधिकारीहरु, संस्थाका कर्मचारी साथै विद्यालयका अन्य शिक्षक शिक्षिकाहरु समेतको उपस्थिती रहेको थियो ।

दुवै स्थानमा ९ सदस्यीय विकू बाल बचत क्लब गठन समेत गरेको छ । यस अघि संस्थाले शरदपुर माध्यमिक विद्यालय गौरीगञ्ज भरतपुर, श्री माध्यमिक विद्यालय गौरीगञ्ज भरतपुरमा वित्तीय साक्षरता कार्यक्रम गरी बाल क्लब गठन गरेको थियो ।

May be an image of 10 people, people standing, people sitting, indoor and text that says 'மமடட स्कुल स्कुलमा विकू वितीय साक्षरता कार्यक्रम विक) மன S'

अभिलेख

लोकप्रिय