७ कार्तिक २०७८, आईतवार

विकूका सदस्यले ९ प्रतिशतमै कर्जा पाउने

१३ फाल्गुन २०७७, बिहीबार
विकूका सदस्यले ९ प्रतिशतमै कर्जा पाउने

गैंडाकोट : देशकै उत्कृष्ट सहकारीको रुपमा पहिचान बनाएको विकू बचत तथा ऋण सहकारीले कर्जाको ब्याजदर घटाउँदै लगेको छ ।

अब संस्थाका सदस्यहरुले ९ प्रतिशत ब्याजदरमै कृषि तथा पशुपालन कर्जा पाउने भएका छन् ।

‘कृषि व्यवसायको आधार, विकूले बनाउने छ सपना साकार’ भन्ने नाराका साथ संस्थाले व्यवसायिक रुपमा कृषि तथा पशुपालन व्यवसाय संचालन तथा विस्तार गर्नका यस्तो प्रडक्ट सार्वजनिक गरेको हो ।

उक्त ब्याजदरमा २० लाखसम्म उपलब्ध हुने संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय