२१ फाल्गुन २०८०, सोमबार

सूर्यदर्शन सहकारी झापाको अध्यक्षमा टिकाराज सापकोटा

२२ मंसिर २०८०, शुक्रबार
सूर्यदर्शन सहकारी झापाको अध्यक्षमा टिकाराज सापकोटा

झापा : दमक-६, स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन: टिकाराज सापकोटा चयन भएका छन् । बिहीबार सम्पन्न संस्थाले १४ औं बार्षिक साधरण सभाले सापकोटाको नेतृत्वमा संचालक समिति र लेखा तथा सुपरीबेक्षण समिति निर्विरोध चयन गरेको हो ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा रुद्र बहादुर अधिकारी, सचिवमा कमल प्रसाद नेपाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बलराम पराजुली, अशोक चौधरी, गोबिन्द सेनेहाङ, नारायण प्र.खतिवडा (निर्मल), रेनु मिश्र र दुर्गा देबी श्रेष्ठ चयन भएकी छिन् ।

त्यसैगरी लेखा समितिको संयोजकमा डिल्लीराम मुखिया चयन भएका छन् । सदस्यहरुमा खगेन्द्र नेपाल र हेम कुमारी थापा चयन भएकी छिन् ।

संस्थाको सेयर पुँजी १७ करोड ८६ लाख, जगेडा कोष १३ करोड ९१ लाख, कर्जा सुरक्षण कोष २ करोड ६१ लाख, बचत १ अर्ब ६५ करोड १९ लाख, कर्जा लगानी १ अर्ब ६६ करोड ५४ लाख, तरलता २३ करोड १ लाख र कुल सम्पत्ति २ अर्ब १६ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

अभिलेख

लोकप्रिय