शिव शिखरकाे २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सुर्खेतकाे मेहलकुनामा

सुर्खेत : शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको गुर्भाकोट–८ मेहलकुनामा आफ्नो २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सञ्चालनमा ल्याएको छ ।
शनिबार गुर्भाकोट नगरपालिकाका नवनिर्वाचित प्रमुख हस्त पुन र उपप्रमुख मैना विकले संयुक्त रुपमा शाखाको शुभारम्भ गर्नुभयाे ।
उपभोक्तालाई एउटै छानामुनी दैनिक उपभोग्यदेखि सबै किसिमका सामग्रीहरु उपलब्ध गराउने तथा र सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सहकारी र मार्टको नयाँ शाखा सञ्चालनमा ल्याइएको हो । शाखा शुभारम्भ गर्दै गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले सहकारी र मार्ट दुबैकोे सञ्चालनले स्थानीयलाई आधुनिक सेवा लिन सजिलो हुने बताउनुभयाे ।
‘यसले हाम्रो ठाउँमा व्यवसायिक गतिविधि वृद्धि हुनेछ र स्थानीयलाई आयआर्जनका लागि पनि सहयोग पुग्नेछ’, उहाँले भन्नुभयो ।
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको सुर्खेतका शाखाका प्रमुख चन्दन थापाका अनुसार यो मार्टमा दैनिक उपभोग्यवस्तु, लगायत सबै उमेर समूहका नागरिकलाई हुने लत्ताकपडा, बालबालिकाका लागि खेलौनाहरु उपलब्ध छन् ।
गार्डेन मार्टमा महिलाहरुका लागि श्रृंगारका सामग्रीहरु, फ्रिज, वासिङ्ग मेसिन, आइरन, गिजर लगायत विद्युतीय उपकरणहरु उपलब्ध रहेको सुर्खेतका शाखाका प्रमुख थापाले जानकारी दिनुभयाे ।
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा शुभारम्भको अवसरमा सामग्रीहरुको खरिदमा उपभोक्तालाई विशेष छुट व्यवस्था गरिएको छ ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७
९ चैत्र २०७९, बिहीबार
महासम्मेलनले सहकारीको समस्या समाधानमा सहयोग पुर्याउँछ: केबी उप्रेती
९ चैत्र २०७९, बिहीबार
सर्वसुलभ उपभोक्ता सहकारी पसलको शाखा विस्तार
९ चैत्र २०७९, बिहीबार