शिखर साकोसले सुरु गर्याे विना चेक नगद भुक्तानी सेवा, दैनिक १ लाखसम्म पैसा निकाल्न मिल्ने

बिर्तामोड , असोज ११ । शिखर बचत तथा ऋण सहकारी संस्था, बिर्तामोडले आफ्ना सदस्यहरुका लागि नयाँ प्रविधिको प्रयोग गरी सेवालाई छिटोछरितो बनाउँदै लगेको छ ।
सेवामा उत्कृष्ट सहकारी बन्नका लागि सदस्यहरुलाई प्रविधिमैत्री बनाउँदै प्रविधिको भरपूर उपभोगमा संस्थाले जोड दिएको छ । एसएमएस बैकिङ्ग, मोवाईल बैकिङ्गबाट बैंक ट्रान्सफर, वालेट लोड, लोड फन्ट, क्रेडिट कार्ड पेमेन्ट, कार्डलेस एटिएम, क्युआर भुक्तानी, खानेपानी, विजुलीको विल, इन्टरनेटको विल भुक्तानी, टिभीको विल भुक्तानी, इन्सुरेन्सको भुक्तानी, हवाई टिकट, सिनेमाको टिकट, व्यालेन्स जानकारी, ऋणको जानकारीलगायतका सेवा शिखर एम बैंकबाट दिँदै आएको छ ।
कोभिड–१९ ले पारेको प्रभावसँगै सदस्यहरुले सामाजिक दुरी कायम गर्दै कारोवार गर्नुपर्ने भएको हुँदा कार्यालयमा भीडभाड नगर्ने नेपाल सरकारको निर्देशनलाई मान्दै गरिरहेको कारोवारलाई कम गराउन डिजिटल कारोवारलाई प्रोत्साहन गरिएको संस्थाका अध्यक्ष दिपेन्द्र राउत बताउँछन् । शिखर साकोसले सदस्यहरुलाई छिटो र छरितो कार्य सम्पादनका लागि चेकलेस कारोवार सुरु गरेको छ । चेक नहुँदा शिखर एप प्रयोग गरी काउन्टरमा रहेको क्युआर कोड स्क्यान गरेर वा बजार प्रतिनिधिहरुसंग भएको क्यु आर स्क्यान गरेर सदस्यहरुले नगद लिन सक्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ । क्युआर कोड स्क्यान गरी दिनमा एक लाख र प्रतिमहिना १० लाख रुपैयाँसम्म नगद निकाल्न सकिने छ । स्क्यान एण्ड विथड्र खाताबाट रकम झिक्ने नयाँ तरिकाले सदस्यहरुलाई सहज र छिटो हुने छ । हाम्रो टेक्नोलोजी प्रालि काठमाण्डौले यो सुविधाको सहजीकरण गरेको हो ।
अभिलेख
लोकप्रिय

जेष्ट साकोस र ज्योती लाईफबीच सहकार्य, अब सबै सदस्य र कर्मचारीको बिमा
९ माघ २०७७, शुक्रबार
आवास विशिष्टीकृत सहकारी संघको तर्दथ समिति गठन, सेयर पूँजी १ अर्ब
१३ पुष २०७७, सोमबार
नाम अनुसारको काम गर्नुहोस्, यदी गर्न सक्नुहुन्न भने नाम परिवर्तन गर्नुहोस् : केबी उप्रेती
१ कार्तिक २०७७, शनिबार
हुँदै नभएको कर्जा सूचना केन्द्रको धाक लगाउँदै सहकारी, कालो सूचिमा राख्ने भन्दै पत्रिकामा सूचना
३० आश्विन २०७७, शुक्रबारRecent Posts

विराटनगरको रारा साकोस आर्थिक संकटमा, कार्यालय बन्द गरी सञ्चालक सम्पर्कविहीन
१० माघ २०७७, शनिबार
विकूको प्रगति देखेर लोभ लाग्यो : महजोडी (भिडियो सहित)
१० माघ २०७७, शनिबार
