२५ श्रावण २०७७, आईतवार

क्यासलेस कारोबारमा शिखर साकोसको जोड, संस्थाको खाताबाट सिधै बैंक ट्रान्सफर सुविधा

१० बैशाख २०७७, बुधबार
क्यासलेस कारोबारमा शिखर साकोसको जोड, संस्थाको खाताबाट सिधै बैंक ट्रान्सफर सुविधा

बिर्तामोड, १० बैशाख

विगत नौ बर्षदेखि झापाको बिर्तामोडमा सञ्चालनमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्था सहकारीको भिडमा आफुलाई अलग पहिचान दिन सफल भएको छ ।

सदस्यहरुलाई प्रविधिमा जोड्दै डिजिटल कारोबारलाई संस्थाले प्राथमिकता दिएको छ । मोबाईल बैंकिङमार्फत क्युआर कोड भुक्तानी, एसएमएस लगायतको डिजिटल कारोबार विगतका वर्षदेखि नै हुँदै आएको छ । सदस्यहरुले पनि डिजिटल कारोबार गर्न रुचाएको संस्थाका अध्यक्ष दीपेन्द्र राउत बताउनुहुन्छ ।

संस्थाले सुचना प्रविधि समिति समेत बनाएको छ । समितिले सदस्यहरुलाई प्रबिधि सम्बन्धी तालिमहरु उपलब्ध गराउने गर्दछ । समितिको संयोज किरण पौडेल भन्नुहुन्छ, ‘सदस्यहरु अत्याधिक उत्सुक हुनुहुन्छ मोबाईल बैंकिङ जान्न र सिक्न ।’ संस्थामा दैनिक कारोबार गर्ने सदस्य ३ हजारको हाराहारीमा रहेको र जसमध्ये १ हजार सदस्य मोबाईल बैंकिङमार्फत कारोकार गर्ने पौडेलको भनाई छ ।

संस्थाले अहिलेको विषम परिस्थितीमा प्रविधिमार्फत कारोबार गर्न सदस्यहरुलाई प्रोत्साहन गरिरहेको छ । सामाजिक सञ्जाल, एसएमएस, फोन र प्रत्यक्ष भेटमार्फत संस्थाले आग्रह गर्दै आएको छ ।

संस्थाले डिजिटल कारोबारलाई जोड दिँदै आज (बैशाख १०) गतेबाट रियल टाईम बैंक ट्रान्सफरको सेवा थप गरेको छ । शिखर साकोसका सदस्यले अब घरमै आफ्नो खाताको रकम जुनसुकै बैंक खातामा ट्रान्सफर गर्न सक्छन् । सदस्यले घरमा नै बसेर मोबाईलबाट सजिलै पैसा बैंक खातामा पठाउन सकिने अध्यक्ष राउतले बताउनुभयो ।

हाम्रो टेक्नोलोजी प्रा.लि.को सहकार्यमा शिखर साकोसको यो सेवा सुरु गरेको हो । हाम्रो टेक्नोलोजी (hamro technology) को मोबाइल बैंकिंग प्लेटर्फम ‘एम बैंक एप’ प्रयोग गरि सहकारीको खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ । हाम्रो टेक्नोलोजीमा करिब १० वटा बैंक र  ३ सय वटा सहकारी संस्थाहरु आवद्ध छन् ।

सदस्यलाई छिटो, छरितो, विना झण्झ्ट सेवा प्रवाह गर्न शिखर साकोस हरदम लागि रहेको सचिव हिमालय प्रसाई बताउनुहुन्छ । सहकारीका सदस्यलाई बढीभन्दा बढी सेवा प्रवाह गर्न संस्था तयार रहेको उहाँको भनाई छ । विश्व बजार क्यासलेस हुँदै गएको अवस्थामा शिखर साकोसले पनि क्यासभन्दा डिजिटल कारोबारलाई प्राथमिकता दिएको उहाँ बताउनुहुन्छ ।

………………………………………………………………

पढ्न छुटाउनुभयो की ?

अब सहकारीबाट जुनसुकै बैंकमा रकम ट्रान्फर गर्न सकिने

अभिलेख

लोकप्रिय