२० मंसिर २०७८, सोमबार

धादिङ र नुवाकोटका साना किसान सहकारीको वार्षिक समिक्षा तथा रणनीतिक योजना गोष्ठी सम्पन्न

७ कार्तिक २०७८, आईतवार
धादिङ र नुवाकोटका साना किसान सहकारीको वार्षिक समिक्षा तथा रणनीतिक योजना गोष्ठी सम्पन्न

धादिङ : साना किसान कृषि सहकारी सस्थाहरुको आ.व.२०७७/०७८ को वार्षिक समिक्षा तथा आ.व २०७८/०७९ को वार्षिक योजना र रणनीति गोष्ठी सम्पन्न भएको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. इलाका कार्यालय गजुरीको आयोजनामा कार्तिक ५ र ६ गते छुट्टाछुट्टै स्थान धादिङ अन्तर्गतको धादिङबेशी तथा नुवाकोट र रसुवा अन्तर्गत बट्टारमा सम्पन्न गरेको हो ।

कार्यक्रमको अध्यक्षता साना किसान विकास लघुवित्त वित्तीय सस्था लि. तथा नेपाल कृषि सहकारी केन्द्रिय संघ को अध्यक्ष खेम बहादुर पाठकले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य ईलाका कार्यलयको अधिकृत हरि न्युपानेले राख्नु भएको थियो ।

ईलाका कार्यलय अन्तर्गत आर्थिक गतिविधि लगायत नश्ल सुधार, सामाजिक सामुदायिक कार्यक्रम, पशुबिमा कार्यक्रम, कृषि तथा व्यावसाय प्रबर्द्धन कार्यक्रम, भवन तालिम हल, तरकारी संकलन केन्द्र निर्माण, सहकारी शिक्षा व्यावसायिक योजना तालिम, पशुस्वास्थ तथा पशुधन सुरक्षण तालिम लगायत जम्मा १२१ वटा कार्यक्रम सप्पन्न भएको ईलाका प्रबन्धक बिशाल कुमार तुलाधरले ईलाका कार्यलयको आफ्नो प्रगती प्रस्तुत गर्नु भएको थियो ।

समिक्षा कार्यक्रममा उपस्थित साना किसान कृषि सहकारी सस्था लि. हरुका अध्यक्ष तथा प्रबन्धहरुले आ आफ्नो सस्थाको आ.व. ०७७/७८ को लक्ष्यको तुलनामा प्रगति, सस्थाले हालसम्म गरेका कार्यक्रमहरु भावी लक्ष्य, संस्थामा देखिएका समस्या, समस्या समाधानका लागि सस्थाले खेलेको भुमिका, समाधान गर्ने निकायहरुको बारेमा छुट्टाछुट्टै प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमको अध्यक्ष खेम बहादुर पाठकले आफ्नो टिप्पणी राख्दै साना किसान अभियान देशको नै ठुलो र प्रभावकारी अभियान भएको बताउनुभयो । गाउँ गाउँ, बस्ती बस्तिमा साना किसानको हित र गरिबी निवारण गर्न सक्ने अभियान प्रमाणित भैसकेको बताउनुभयो ।

अभिलेख

लोकप्रिय