३० श्रावण २०७७, शुक्रबार

हरेक विपत्मा सामुदायिकको सेवा, १० प्रतिशत ब्याजदरमा थप पाँच लाखसम्म कर्जा

१० असार २०७७, बुधबार
हरेक विपत्मा सामुदायिकको सेवा, १० प्रतिशत ब्याजदरमा थप पाँच लाखसम्म कर्जा

पनौती, १० असार

पनौती नगरपालिका–४ मा मुख्य कार्यालय रही काभ्रेका ७ वटा स्थानीय तह भित्र ११ वटा सेवा केन्द्रहरु मार्फत सेवा प्रदान गर्दै आएको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले पाँच लाखसम्म १० प्रतिशत वार्षिक ब्याजदरमा सहुलियत ऋण दिने भएको छ ।

कोरोना भाईसर (कोभिड १९) का कारण उद्योग, व्यापार, व्यवसाय तथा आयश्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा क्षति पुगेका सदस्यहरुलाई लक्षित गरी उक्त सहुलियत ऋण दिने भएको हो ।
महामारीको समयमा ऋणी सदस्यहरुलाई व्यवसाय निरन्तरताको लागि थप चालु पुँजिको लागि ऋण प्रवाह गर्न लागिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत बताउनुभयो । यस्तो कर्जा १५ करोड लगानी हुने अनुमान संस्थाले गरेको उहाँले बताउनुभयो ।

सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले हरेक विपत्तीमा शेयर सदस्यकै पक्षमा निर्णय गर्दै अघि बढेको संस्थाका अध्यक्ष प्रकाश बन्जारा बताउनुहुन्छ । संस्थाले २०७२ सालमा आएको भुकम्पबाट प्रभावित सदस्यहरुलाई अस्थाई टहरा निर्माण गर्न १५ हजारसम्म ६ प्रतिशत ब्याजदरमा लगानी गरेको समेत बताउनुभयो । संस्थाले १० लाखसम्म १० प्रतिशत ब्याजदरमा ५ वर्षे किस्ताबन्दीमा जम्मा १४ करोड को हाराहारीमा उक्त समयमा लगानी गरेको उहाँले जानकारी दिनुभयो ।

संस्थाले कोरोना भाईसर (कोभिड १९) को संक्रमण सुरक्षा सर्तकता अपनाउँदै सदस्यहरुलाई सम्पूर्ण कार्यालयहरुबाट वित्तीय सेवाहरु नियमित उपलब्ध गराउँदै आएको छ । सदस्यहरुको कोरोना भाईरसका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि कोरोना विमाको लागि सहजीकरण समेत गरेको छ ।

आधुनिक प्रविधिमा समेत पहुँच पुर्याउन सफल यस संस्थाले महामारीको समयमा भौतिक दूरी कायम राख्दै शेयर सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउन मोवाईल बैंकिङ तथा ए.टी.एम. को सुविधा निःशुल्क रुपमा उपलब्ध गराएको थियो ।

संस्थाले विपत्मा परेका शेयर सदस्यहरुलाई सहयोग गर्ने उदेश्यले विपत् ब्यवस्थापन कोष निर्माण गरेको, शेयर सदस्यहरुको मृत्यू हुँदा समवेदना राहत बापत २५ हजारसम्म दिदैं आएको र शेयर सदस्यको परिवारको मृत्यूहुँदा १० हजारसम्म राहत उपलब्ध गराउँदै आएको छ ।

संस्थाले समुदाय केन्द्रित तथा सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आईरहेको छ । यस अघि पाँचखाल नगरपालिकासँगको सहकार्यमा सुनकोशी पाँचखाल खानेपानी आयोजनामा सहकार्य गरी जनताको मन जित्न सफल भएको थियो भने कोरोना भाईसर (कोभिड १९) राहत कोषमा नेपाल सरकारको कोषमा ६१ हजार, स्थानीय तहहरुको कोषमा २ लाख ३० हजार सहयोग गरी सामाजिक उत्तरदायित्व वहन गरेको थियो ।

सदस्यहरुलाई यस्तै सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको कारण संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पुरस्कृत हुँदै आएको छ । यसै वर्ष पनि बागमती प्रदेशको वार्षिक स्थापना दिवसको अवसरमा प्रदेशकै उत्कृष्ठ संस्थाको रुपमा पुरस्कृत भएको थियो ।

अभिलेख

लोकप्रिय