१८ बैशाख २०८१, मंगलवार

सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (संस्था परिचय)

२९ श्रावण २०८०, सोमबार
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (संस्था परिचय)

पृष्ठभूमि
तत्कालिन टौखाल देवीस्थान गा.वि.स.वडा नं १ र २ का ४१ जना समाजसेवी युवाहरुको अगुवाईमा साहु महाजनको चर्को ब्याजदरबाट मुक्त गर्दै समुदायको आर्थिक तथा सामाजिक स्तर अभिबृद्धि गरी समृद्धितर्फ उन्मूख गराउने उद्देश्यले सहकारी ऐन २०४८ अन्तर्गत २०५१ साल माघ १४ गते स्थापना भई फागुन २८ गते तत्कालिन जिल्ला सहकारी कार्यालय धुलिखेलमा दर्ता भई स्थापना भएको बचत तथा ऋण सहकारी संस्था हो ।
यो संस्थाले २०७३ सालबाट काभ्रेपलाञ्चोक जिल्लाभर र २०७८ सालबाट काठमाडौं स्थित पलाञ्चोक भगवती साकोससँग एकीकरण गरी काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्लाभर आफ्नो कार्यक्षेत्र कायम गर्न सफल भएको छ । २०८० असार मसान्तसम्ममा यस संस्थाले १० वटा सहकारी संस्थाहरुसँग एकिकरण सम्पन्न गरेको छ । संस्थाले आधुनिक प्रविधिहरुलाई आत्मसाथ गर्दै सदस्यहरुलाई ए.टी.एम. सेवा, मोवाईल बैंकिङ सेवा लगायत क्यू आर भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ ।
हालसम्म संस्थाले काभ्रेपलाञ्चोक जिल्लाबाट १३ वटा कार्यालय र उपत्यकामा २ वटा कार्यालय मार्फत ५१००० भन्दा बढी सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको छ । शुसासनलाई आत्मसाथ गर्दै ६१ वटा नीति तथा कार्यविधिहरु निर्माण गरी सहकारी ऐन, नियमावली तथा निर्देशनहरुलाई पूर्ण रुपमा पालना गरेको छ ।

 

परिकल्पना (Vision) : “दिगो र सुरक्षित साकोस (Sustainable and Secure SACCOS)”

ध्येय (Mission) : “सहकारीका मूल्य, मान्यताभित्र रही आधुनिक प्रविधिको माध्ययमबाट परामर्श सहितको वित्तीय सेवा उपलब्ध गराउने (Provide financial services with Counselling through modern technology within the values of cooperatives)”

कार्यक्षेत्र : काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला

मुख्य कार्यालय तथा सेवा केन्द्रहरुः–

वस्तु तथा सेवाहरुः-
६% देखि १३.५% सम्म ब्याजदर कायम भएका १५ प्रकारका विभिन्न शिर्षकका वचतहरु, ९.५% देखी १६% सम्म ब्याजदरमा २१ शिर्षकहरुमा ऋण लगानी, विभिन्न कम्पनीहरुका रेमिटेन्स सुविधा उपलब्ध, युटिलिटि विल्स पेमेन्टको सुविधा (मोबाईल रिचार्ज, ल्याण्ड लाईन टेलिफोनको बिल भुक्तानी, डिसहोमको रिचार्ज, विद्युत प्राधिकरणको विल भुक्तानी लगायत), जीवन तथा निर्जिवन विमा, स्वास्थ्य विमा, वित्तिय परामर्श तथा वित्तीय साक्षरता, प्रविधि साक्षरता जस्ता सेवाहरु मुख्य कार्यालय तथा सेवा केन्द्रहरु मार्फत विहान ९ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म ३६२ दिन काउन्टरका सेवाहरु सदस्यहरुलाई उपभोग गर्न सकिने सुविधा उपलब्ध गराईएको छ ।

युवा सदस्यहरुलाई आकर्षित गरी सेवा पुर्याउन ए.टि.एम. सेवा, मोवाईल बैंकिङ सुविधा, क्यू आर स्क्यान गरी भुक्तानी गर्ने सुविधा उपलब्ध गराईएकोछ । यूनियन पेए र एस.सी.टि. नेटवर्क भित्रका ए.टी.एम. मेशिनहरुबाट संस्थाका शेयर सदस्यहरुको वचत फिर्ता झिक्न सकिने सुविधाका लागि ए.टी.एम. कार्ड उपलब्ध गराउनुका साथै संस्थाकै ए.टी.एम. मेशिन मार्फत समेत शेयर सदस्यहरुलाई रकम झिक्न सक्ने सुविधा उपलब्ध गराईएको छ । यसैगरी कार्यक्षेत्र भित्रका विभिन्न समूदायमा शिपमूलक तथा सदस्यहरुको ब्यवसाय विकासका लागि न्यून ब्याजदरमा लगानी गरी स्वरोजगार बनाउँदै आएको छ । संस्थाले पशु धितोमा ऋण लगानी गरी पशुपालनको क्षेत्रमा समुदायलाई स्थापित गराउने प्रयास गरिरहेको छ ।

अन्य गतिविधिहरुः-
विपत ब्यवस्थापन, राहत कार्यक्रम, सदस्य समवेदना राहत कार्यक्रम, सदस्य स्वास्थ्य सुरक्षा कार्यक्रम, नवजात शिशु तथा सुत्केरी भेटघाट कार्यक्रम तथा खुत्रुके र भोटो उपहार, सदस्य तथा सदस्यका परिवार मध्येबाट छात्रबृत्ति, उत्कृष्ट एस.ई.ई. सम्मान कार्यक्रम, जेष्ठ सदस्य सम्मान, सदस्य सहकारी शिक्षा शिविर, सदस्यहरुलाई वित्तीय रुपमा साक्षर बनाउने, सदस्यहरुलाई स्वास्थ्य विमा, जिवन तथा निर्जिवन बिमाका कार्यक्रमहरु, अस्पताल तथा भेटेनरीमा सदस्यहरुलाई छुटको ब्यवस्था, सदस्य केन्द्रित ब्यवसायमूखी तालिम तथा कार्यक्रमहरु सञ्चालन, सदस्यहरुलाई वित्तीय साक्षरता सम्बन्धी अभिमूखिकरण कार्यक्रम, सहभागितात्मक समूह परिचालन कार्यक्रम सञ्चालन गरिएको छ ।

मानव संसाधन:-

वित्तीय अवस्था : २०८० असारसम्मको

संस्थाका हालसम्मका उपलब्धिहरुः-

अभिलेख

लोकप्रिय