
काभ्रे : सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुलाई १ दिने ऋण व्यवस्थापन तालिम प्रदान गरेको छ ।
संस्थाको मुख्य कार्यालयसहित १४ सेवा केन्दमा कार्यरत ऋण सहायक तथा सेवाकेन्द्र प्रमुखहरु गरी २८ जना कर्मचारी सहभागिता रहेको थियो ।
तालिमको सहजिकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले गरेका थिए । तालिम कार्यक्रमको समापनमा संस्थाका अध्यक्ष प्रकाश बन्जाराले सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै सिकेका ज्ञान र सिप कार्य क्षेत्रमा प्रयोग गर्दा मात्र तालिमको सार्थकता हुने बताए ।
२०५१ सालमा ४१ जना सदस्य र ३ लाख २ हजार ५ सय पूँजीबाट सुरु भएको सामुदायिक साकोस फागुन मसान्त सम्म आईपुग्दा ५० हजार ३ सय ८३ जना सदस्य र ४ अर्व ३३ करोड पूँजी पु¥याउन सफल भएको छ । सन्तुष्ट सदस्यनै आफ्नो लक्ष्य राखेको सामुदायिक सकोसले सदस्यहरुलाई जन्मदेखि मृत्यु सम्मका सेवा प्रदान गर्दै आएको छ।
संस्थाको काभ्रेमा मुख्य कार्यालय सहित १२ वटा सेवा केन्द्र र काठमामा २ वटा सेवाकेन्द्र गरी जम्मा १५ वटा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको जानकारी संस्थाका ऋण अधिकृत भक्त बहादुर श्रेष्ठले जानकारी दिए।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी दिवसमा काठमाडौं उपत्यका भित्र संयुक्त र्याली र सभा हुने
१५ चैत्र २०७९, बुधबार
केवल आश्वासनकै भरमा आन्दोलन मत्थर !
१४ चैत्र २०७९, मंगलवार
हाम्रो सहकारीका ज्येष्ठ सदस्यलाई तीर्थाटन
१४ चैत्र २०७९, मंगलवार