६ बैशाख २०८१, बिहीबार

काठमाडौंमा सामुदायिक साकोसको दोस्रो सेवा केन्द्र

६ आश्विन २०७८, बुधबार
काठमाडौंमा सामुदायिक साकोसको दोस्रो सेवा केन्द्र

काठमाडौं : पनौती–४, टौखाल, काभ्रेमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंमा दोस्रो सेवा केन्द्र स्थापना गरेको छ । काठमाडौंको नयाँ बानेश्वर स्थापना गरिएको उक्त सेवा केन्द्र असोज ९ गतेबाट औपचारिक कारोबार गरिने संस्थाले जनाएको छ ।
काठमाडौंमा साविकको पलाञ्चोक भगवती साकोसमा पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो । यो सँगै संस्थाको सेवा केन्द्र १४ पुगेको छ ।
सामुदायिक साकोस नेपालको मात्र नभई एशियाकै उत्कृष्ठ संस्था हो । यो संस्था एशियाली ऋण माहासंघले सञ्चालन गरेको एशियाली स्तरको गुणस्तर सुनिश्चित कार्यक्रम (एक्सेस)मा सन् २००८ देखि आवद्ध छ । २०१२ देखि कास्य ब्राण्ड पाउन सफल संस्था २०१७ देखि रजत ब्राण्ड प्राप्त गर्न सफल छ ।

२०५१ माघ १४ गते ४१ ज्ना सदस्यबाट सुरु भएको यस संस्था २०७८ असार मसान्तसम्म आईपुग्दा ३१ हजार २ सय ७६ जना सदस्य पुगेको छ । ३२ हजार ५ सयबाट सुरु भएको संस्था ३ अर्ब ३ करोडभन्दा बढी पुगेको छ ।

संस्थाको मुख्य कार्यलयबाट ७ सय ३४ र सेवा केन्द्रहरुबाट २ सय १४ गरी कुल ९ सय ४८ वटा समुहहरु गठन भई सहभागितात्मक समूह परिचालन कार्यक्रम संस्थाले सञ्चालन गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय