६ बैशाख २०८१, बिहीबार

प्रविधिमा शैलभाको फड्को, मोबाईल बैकिङ सेवा सुरु

१८ आश्विन २०७८, सोमबार
प्रविधिमा शैलभाको फड्को, मोबाईल बैकिङ सेवा सुरु

काठमाडौं : शैलभा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मोबाईल बैकिङ सेवा सुरु गरेको छ ।

संस्थाले सदस्यहरुलाई प्रविधिमा आधारित सेवा प्रदान गर्ने उद्देश्यका साथ आजबाट मोबाईल बैकिङ सेवा सुरु गरेको हो । जसबाट सरल र सुरक्षित नगद कारोबार गर्न सकिने छ ।

अब शैलभाका सदस्यहरुले मोबाईल बाटै ब्यालेन्स ईन्क्वायरी गर्ने, लामो तथा छोटो स्टेटमेन्ट प्राप्त गर्ने, ऋणको जानकारी लिने, फण्ड ट्रान्स्फर गर्ने, चेक अनुरोध तथा रद्द गर्ने जस्ता बैंकिङ सुविधा प्राप्त गर्न सक्नेछन् । त्यस्तै मोबाईल टपअफ, ईन्टरनेट, टि.भी., विद्युत, खानेपानी, मुभी तथा हवाई टिकट जस्ता भुक्तानी सुविधा समेत शैलभा मोबाईल बैंकिङमा उपलब्ध रहेको छ ।

त्यस्तै सदस्यहरुले सहकारीमा रहेको आफ्नो खाताको रकम आफुलाई पायक पर्ने बैंकमा रहेको आफ्नो वा आफुसँग सम्बन्धित व्यक्तिहरुको खातामा ट्रान्स्फर समेत गर्न सक्नेछन् । त्यसैगरी संस्थाले लोड टु वालेट सुविधा पनि उपलब्ध गराएको छ । जसमा सहकारीमा रहेको आफ्नो खाताबाट ई सेवा र खल्तीमा रकम लोड गर्न सकिने छ ।

नगद रहित यस प्रकारका विविध सेवाहरु उपलब्ध गराउने क्रममा संस्थाले क्यु.आर. पेमेन्ट, ई–टेलर सुविधा पनि मोबाईल बैकिङबाटै लिन सक्ने संस्थाका अध्यक्ष बिक्रम श्रेष्ठले जानकारी दिनुभयो ।

नागार्जुन–४, सितापाईलामा मुख्य कार्यालय रहेको यस संस्थाले न्युरोड र डल्लुमा सेवा केन्द्र स्थापना गरी सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय