२ भाद्र २०७९, बिहीबार

सहारा नेपाल साकोसद्वारा १४ लाख २० हजार क्षतिपूर्ति वितरण

१३ असार २०७९, सोमबार
सहारा नेपाल साकोसद्वारा १४ लाख २० हजार क्षतिपूर्ति वितरण

झापा : सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था, सेवा केन्द्र दमकले एक कार्यक्रमको बीच सदस्यहरुलाई कर्जा सुरक्षण, परिवार राहत र दशकर्म खर्च बापत १४ लाख २० हजार वितरण गरेको छ ।

संस्थाले झापा कमल–५, निवासी बालमिकी चौधरीको पत्नी विन्दु चौधरीलाई कर्जा सुरक्षण क्षतिपूर्ति बापत ६ लाख, परिवार राहत बापत २ लाख र काजकिरीया खर्च बापत ६० हजार गरी कुल ८ लाख ६० हजार रुपैयाँ वितरण गरेको हो । सदस्य बालमिकी चौधरीको २०७८ चैतमा निधन भएको थियो ।

त्यसैगरी चुलाचुली–४, निवासी तिलबिक्रम सम्बाहाम्फेको पत्नी सुनिता सम्बाहाम्फेलाई ३ लाख ७० हजार वितरण गरेको छ । तिलबिक्रम सम्बाहाम्फेको २०७८ चैत महिनामा निधन भएको थियो । त्यस्तै दमक–९, निवासी सुक्रो तिर्की उराउको पति जुनियर तिर्की उराउलाई १ लाख ९० हजार कर्जा सुरक्षणबापत नगद चेक हस्तान्तरण गरिएको छ । सदस्य सुक्रो तिर्की उराउ गत २०७८ चैतमा निधन भएको थियो ।

सहारा नेपाल साकोस अनुगमन कार्यालय दुधेका प्रमुख चुडामनी कट्टेलको अध्यक्षतामा सम्पन्न भएको चेक हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने रहनुभएको थियो । त्यस्तै कार्यक्रममा दमक सेवा केन्द्र सहयोग समिति पुर्व संयोजक तारा प्रसाद बराल, सहारा नेपाल साकोस केन्द्रिय कार्यालयका उपप्रबन्धक भुमि प्रसाद खतिवडा, वरिष्ठ अधिकृत दुर्गादेवी खड्का रहनुभएको थियो ।

प्रमुख अतिथि न्यौपानेले वित्तीय कारोबार सँगसँगै सहाराले शेयर सदस्य र समुदायको हितमा उल्लेख्य कार्य गरी एक सवल संस्थाको रुपमा परिचित हुँदै आएकोमा आगामी दिनमा संस्थाको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

सहारा नेपाल साकोसले आफ्ना शेयर सदस्यलाई वित्तिय सेवा सँगसगै आर्थिक भार कम गर्न स्वास्थ्य उपचार, मरीमराउ खर्च, जेष्ठ सदस्य, एकल महिला, एकल पुरुष भत्ता, मृत्युमा ऋण मिनाह जस्ता आकर्षक कार्यक्रम सञ्चालन ल्याएको सहारा नेपाल साकोस केन्द्रिय कार्यालयका उपप्रबन्धक भुमि प्रसाद खतिवडाले बताउनु भयो ।

विर्तामोड–२, चारपानेमा केन्द्रिय कार्यलय रहेको सहारा नेपाल साकोसले प्रदेश १ का छ जिल्लामा १ लाख ६० हजार सदस्यलाई ८० वटा सेवाकेन्द्र र २ वटा एटिएमबाट उत्कृष्ट सेवा उपलब्ध गराईरहेको संस्थाका वरिष्ठ सहायक प्रबन्धक डम्बर बहादुर प्रधानले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय

x