२२ मंसिर २०८०, शुक्रबार

नेपालकै ठूलो सहकारी सहारा नेपालको कस्तो छ वित्तीय अवस्था?

८ भाद्र २०८०, शुक्रबार
नेपालकै ठूलो सहकारी सहारा नेपालको कस्तो छ वित्तीय अवस्था?

झापा : चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थासँग लगानी योग्य रकम (तरलता) २८.४४ प्रतिशत अर्थात ३ अर्ब १६ करोड ५० लाख ८९ हजार ५६७ रुपैया तरलता रहेको छ।

संस्थाको सेयर पुँजी १ अर्ब ६४ करोड ९४ लाख १५ हजार ३ सय रुपैयाँ रहेको छ । १ अर्ब २३ करोड ५७ लाख ५३ हजार ६५७ रुपैयाँ संस्थाको जगेडा कोषमा रहेको छ भने ४४ करोड ३१ लाख ८७ हजार ९९१ रुपैयाँ विभिन्न कोषमा रहेको छ।

संस्थाले ११ अर्ब १२ करोड ८६ लाख ९९ हजार ९०१ रुपैयाँ बचत संकलन गरेको छ भने लगानी १० अर्ब ९८ करोड ११ लाख ६५ हजार ६८४ रुपैयाँ गरेको विवरणमा उल्लेख छ ।

संस्थाको संस्थागत पुँजी १ अर्ब २७ करोड २६ लाख ३८ हजार ९७६ रुपैयाँ र बाह्य ऋण २५ करोड ९ लाख ७७ हजार ३२३ रुपैयाँ रहेको छ । संस्थाकाृ सदस्य १ लाख ५७ हजार ८ सय ६१ जना छन् भने ७५ हजार ५४० जना ऋणी सदस्य रहेका छन्।

May be an image of text

अभिलेख

लोकप्रिय