१६ चैत्र २०८०, शुक्रबार

किसानलाई ज्ञान बाँड्दै बिन्धवासिनी सहकारी

६ चैत्र २०७६, बिहीबार
किसानलाई ज्ञान बाँड्दै बिन्धवासिनी सहकारी

सन्तोष तिमल्सिना
काभ्रे, ६ चैत

काभ्रेको रोशी गाँऊपालिका–२ नायाणटारका च्याङ्वा लामा संचालन गरेको कृषि फर्ममा गाँऊका कृषकहरु भेला भएका थिए । त्यही भिडको बीचमा बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संचालन गरेको किसान–२ कार्यक्रमका कृषि प्राविधिक एप्रोन लगाएर सुरक्षित तरिकाबाट बिषादीको प्रयोग गर्न सिकाई रहेका थिए भने त्यो देखेर सहभागिहरु दंग देखिन्थे ।

कृषकहरुलाई सिकाई प्रति आकर्षण गर्नका लागि विन्धवासिनीले बेला बेलामा कृषक दिवस कार्यक्रम आयोजना गर्ने गर्दछ । रोशीको नारायणटारमा भएको कृषक दिवस कार्यक्रममा कृषि प्राविधिके प्लास्टिक मल्चिङ्गका फाईदा, सुरक्षित तवरले विषादीको प्रयोग, तरकारी बालिमा लाग्ने रोग किराको नियन्त्रण विधिका बारेमा प्रयोगात्मक रुपमा सिकाई रहेका थिए ।

परम्परागत कृषि खेती गर्दै आएका ५८ बर्षिय लामाले किसान–२ कार्यक्रममा आवद्ध भए पश्च्यात व्यवसायिकतामा आमूल परिवर्तन आएको अनुभव सुनाउनुभयो । किसान–२ बाट सिकेका ज्ञानलाई प्रयोग गर्दा तरकारी खेतीबाट प्रयाप्त लाभ लिन सकिने, सौर्य प्रकाशबाट पनि माटोको उपचारबाट रोग नियन्त्रण गर्न सकिने बिषादीको रङ्गको आधारमा हामीले चिनेर मात्र प्रयोग गर्नु पर्ने जस्ता कृषी संग प्रत्यक्ष जोडिएका धेरै कुराको ज्ञान हाँसिल गरेको कृषक लामाले बताउनुभयो ।

बिन्धवासिनीले किसान–२ कार्यक्रम संचालन गरी कृषकहरुलाई कृषी ज्ञान बाँड्दै आएको छ । अमेरीकी अन्तराष्ट्रि विकास नियोग (युएसएआईडि) को सहयोगमा विनरक ईन्टरनेशनलले कृषि क्षेत्रको समुस्थान, समावेशीकरण र आय बृद्धिमा दिगोपना ल्याउने उद्देश्यले नेपालमा ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना कार्यक्रम अन्र्तगत स्थानीय स्तरमा कृषक समूहहरु गठन गरी विभिन्न तालिम, प्रदर्शनी, कृषक दिवस जस्ता कार्यक्रमहरु संचालन गरी कृषकहरुलाई कृषि पेशामा आत्मनिर्भर बनाउँन अभिप्रेरीत गर्दै आएको छ ।

बिन्धवासिनीले काभ्रेको बेथानचोक र रोशी गाँऊपालिका, पनौती, बनेपा र नमोबुद्ध नगरपालिकाका गरी ४ क्षेत्रका २ हजार घरधुरीका किसानहरुलाई ८० वटा समूहमा आवद्ध गराई ब्यावसायिक तथा आधुनिक कृषीलाई जोड दिंदै आएको छ । हामीले बेथानचोक क्लस्टर, पनौती, बनेपा र रोशी–नमोबुद्ध क्लस्टर गरी ४ भागमा विभिाजन गरी प्रभावकारी ढंगबाट किसान–२ कार्यक्रम संचालन गर्दै आएको विन्धवासिनी साकोसका किसान– २ कार्यक्रमका अधिकृत किरण जोशीले जानकारी दिनुभयो । ‘कृषकहरु कृषिमा आत्मनिर्भर र दिगोपना दिनका लागि आवश्यक ज्ञान र सिप प्रदान गर्नका लागि सबै क्षेत्रमा १/१ जना कृषि प्राविधिकहरु खटाई कृषकहरुको आयस्तरमा सुधार ल्याउन प्रयत्नरत रहेका छौं’, उहाँले भन्नुभयो ।

रोशी–नमोबुद्ध क्लस्टर अन्तर्गत २० वटा समूह मार्फत ५ सय २ घरधुरीका किसानहरुलाई समेटी नर्सरी ब्यवस्थापन तालिम, प्लाष्ट्रिक मल्चिङ्ग प्रदर्शनी, उन्नत ताजा तरकारी खेती, एकिकृत शत्रु जिव ब्यवस्थापन तालिम, पोष्ट हार्वेस्ट तालिम, सुरक्षित तवरले बिषदीको प्रयोग, आई.पि.एम सामाग्री प्रदर्शनी, नाईनल नेटिङ्ग प्रयोग विधि, प्लास्टिक टनेलमा बेमौसमी काँक्रा तथा करेला खेती प्रदर्शनी लगायतका तालिम तथा प्रदर्शनी मार्फत कृषकहरुलाई आधुनिक खेती प्रणालीका बारेमा ज्ञान सिकाउँदै आईरहेको विन्धवासिनी साकोसद्वारा संचालित किसान–२, कार्यक्रमका कृषी प्राविधिक सुनिल थापा मगरले बताउनुभयो ।

अभिलेख

लोकप्रिय