तर यसरी विदेशिएको रकम सुरक्षित नहुँदा बचत गर्नेहरु पीडित बन्ने गरेका थिए । सहकारीका मूल्य, मान्यता, सिद्धान्त र मर्मलाई सकेसम्म व्यवहारमा प्रयोग गर्दै जाँदा नै आजको (NMCCOOP) बन्न पुगेको छ । आज नेपालका धेरै सहकारी अभियानमा लागेका सहकारीका शुभचिन्तक र अभियान्ताहरु एनएमसीप्रति गर्व गर्छन् भन्दा दुईमत नहोला । अब एनएमसी सक्षम छ कि छैन भन्ने विषय गौण बन्ने गरेको छ । किनकि यसको मजबुती, सक्षमता, सुशासन, विश्वसनीयता र दिगोपनामा सदस्य एवम् समुदायले प्रश्न उठाउन छाडेका छन् ।
अब एनएमसीले यसका सदस्य र समाजमा कस्तो प्रभाव पार्न सकेको छ अर्थात् समाज परिवर्तनमा यो सहकारीले के कति योगदान गर्न सक्यो ? के गर्दैछ र भविष्यमा के गर्न सक्छ ? भन्ने विषय महत्त्वको बनेको छ । त्यसैले यो संस्थाका कार्यव्रmमहरु सदस्यको जीवनस्तर कसरी सहज र समृद्ध गर्न सकिन्छ ? समाजमा कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ ? भन्नेमा केन्द्रित छन् । यो संस्थाले नेपाल राष्ट्र बैङ्कको स्वीकृतिमा सिमित बैङ्किड. कारोबार गरिरहेको छ । यसका अतिरिक्त २०७२ सालबाट एनएमसी डेरी व्यवसाय सुरु गरेको छ । प्रतिघण्टा ३ हजार लिटर प्रशोधन गर्ने क्षमताको यो डेरीले स्थापनाको दुई वर्षमै राम्रो फड्को मार्न सकेको छ ।
यसले संस्थाको विश्वसनीयता र जोखिम लिने क्षमता अझै बढाएको छ । डेरी व्यवसायको माध्यमबाट पशुपालक किसानसँग पुगेर उनीहरुको क्षमता विकास र आयस्रोतमा वृद्धिका कार्यक्रम सञ्चालन गरिदँैछ । आगामी दिनमा संस्थाले सदस्य र समुदायको विकास एवम् जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने कार्यक्रम ल्याउनु पर्छ र त्यसको केही खाकाहरु तयार भइसकेका पनि छन् । एनएमसीको अनुभवी र समर्पित टिमले संस्थाले अगाडि ल्याएका सबै योजनालाई विगतमा जस्तै भविष्यमा पनि सफल बनाउँदै लैजानेमा एनएमसी परिवार ढुक्क रहेको छ ।