२० मंसिर २०७८, सोमबार

१२ हजार सदस्यलाई सेवा दिँदै प्रतिभा बहुउद्देश्यीय सहकारी

७ कार्तिक २०७८, आईतवार
१२ हजार सदस्यलाई सेवा दिँदै प्रतिभा बहुउद्देश्यीय सहकारी

ललितपुर : प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले बचत ऋण, लघुवित्त, सहकारी कृषि बजार तथा सहकारी कृषि फार्म सञ्चालन गर्दै आएको छ । उक्त संस्थाले ९ वटा सेवा केन्द्रमार्फत १२ हजारभन्दा बढी सदस्यहरु लाई सेवा पुर्याउँदै आएको छ ।

साधारण सभामा संस्थाले उत्कृष्ट १८ वटा लघुवित्त समुह, उत्कृष्ट कारोवार गर्ने २० जना सदस्य, उत्कृष्ट सेवाकेन्द्र, उत्कृष्ट शाखा प्रमुख तथा उत्कृष्ट कर्मचारी समेत गरी २४० भन्दा बढी सदस्यहरुलाई सम्मान गरिएको थियो ।

विभिन्न साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न उक्त कार्यक्रममा सदस्यहरुको आफ्नो उत्पादनको स्टलपनि राखिएको थियो । संस्थाले आ.व. २०७७/७८ मा १ अर्ब २ करोडको वासलात बनाउन सफल भएको छ । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल र राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.वी. उप्रेतीले शुभ कामना मन्तब्य राख्नुभएको थियो ।

विभिन्न २५ वटा भन्दा बढी नीतिहरु निर्माण गरी कार्यान्वयनमा ल्याएको उक्त सहकारी संस्थाले कोरोना महामारीको कारणले लकडाउन भएको अबस्थामा सदस्यहरुलाई घरदैलो सेवा, सदस्यहरुलाई बैक खातामा रकमान्तर सेवातथा लकडाउनको समयमा सदस्यहरुले तिर्नुपर्ने ब्याजमा ५ प्रतिशत देखि १० प्रतिशत छुट प्रदान गरेको थियो भने कोरोना संक्रमित भएका सदस्यहरुलाई विभिन्न अस्पताल सँग समन्वय गरी उपचारमा सहजीकरण जस्ता कार्यहरु गरिएको कुरा संस्थाको कार्यकारी अध्यक्ष माधब प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

सदस्यको सुरक्षालाई प्रमुख उद्देश्य लिएको संस्थाले सदस्यलाई सुत्केरी पोषण खर्च प्रदान ,ऋणी सदस्यको मृत्युमा कर्जा मिनाहा, सदस्यको मृत्युमा १५००० देखि २५००० सम्म किरीया खर्च प्रदान, सदस्यको श्रीमानको मृत्युमा ७५०० देखि १०००० सम्म किरीया खर्च प्रदान, सदस्यको १ लाख बराबरको दुर्घटना बिमा तथा १०००० सम्मको औषधी उपचार बिमा, कर्मचारीको ५ लाख बराबरको दुर्घटना बिमा तथा २५००० बराबर औषधी उपचार खर्च, सदस्यहरुलाई वित्तिय साक्षरता प्रदान, सदस्यहरुलाई सिपमुलक तालिम ,महिला सदस्यहरुलाई तिज कार्यक्रम सञ्चालन ,प्राकृतिक बिपत्तीको कारणले सदस्यको घर क्षति हुँदा रु १०००० सहयोग जस्ता कार्यक्रम सन्चालन गरी सदस्यहरुको रोजाईमा पर्न सफल भएको छ । संस्था मार्फत व्यावसायिक पशुपालन तथा तरकारी बजार पनि संचालन गरेको छ ।

अभिलेख

लोकप्रिय