४ जेष्ठ २०७८, मंगलवार

पोखरा रोयल साकोसका कर्मचारीलाई साईबर सुरक्षा र व्यक्तित्व विकास तालिम

५ बैशाख २०७८, आईतवार
पोखरा रोयल साकोसका कर्मचारीलाई साईबर सुरक्षा र व्यक्तित्व विकास तालिम

पोखरा : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीलाई साईबर सुरक्षा र ब्यक्तित्व विकास सम्बन्धी तालिम दिएको छ ।

बैशाख ४ गते आयोजित कार्यक्रममा व्यक्तित्व विकास तालिम अन्तर्गत कर्मचारीको पहिरन, बोल्ने तरिका, शिष्टाचार, हिँडाइ लगायतका आनीबानी कस्तो हुनुपर्छ भन्ने विषयमा प्रशिक्षण दिईएको थियो ।

कर्मचारीलाई तालिम दिँदै भण्डारढिक सेवाकेन्द्र प्रमुख विजया श्रेष्ठले आइपर्ने काम आजै तत्कालै गर्नुपर्ने, जुनसुकै बेला आइपर्ने कामको तयारी गर्नुपर्ने, अल्छी नगर्ने, आलटाल नगर्ने, आफूसंग जे खुबी छ त्यसलाई देखाउने, आफ्नो कमजोरी के हो त्यसलाई बुझ्ने वोध गर्नुपर्ने बताउनुभयो ।

सेवा प्रदान गर्दा मुस्कान सहितको सेवा दिने र असम्भव विषयलालाई पनि सम्भव बनाउने गरी काम गर्नु पर्ने कुरा ब्यक्तित्व बिकास तालिममा बताइएको थियो ।

त्यसैगरी साईबार सुरक्षा तालिम अन्तर्गत इन्टरनेटसंग जोडिने डिजिटल उपकरणहरु, बिभिन्न इमेल खाता तथा सामाजिक सञ्जाल, डिजिटल जानकारीहरुको प्रयोग गर्दा आईपर्ने मालवेयर, भाईरस, र्यान्समवेयर, फिसिङ, बेटिङ, सोसल ईन्जिनियरिङ अट्याक लगायतका सम्भावित समस्या एवं खतराहरुबारे जानकारी दिईएको थियो ।

संस्थाका आईटी कर्मचारी अविनाश पौडेलले सहभागी कर्मचारीलाई सम्भावित समस्या र जोखिमबाट जोगिनका लागि गर्नुपर्ने आवश्यक सुरक्षाका उपायहरुको बारेमा जानकारी दिनुभएको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङको अध्यक्षतामा  भएको तालिममा संस्थाका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम बोल्दै उहाँले तालिममा सिकेका कुराहरु ब्यवहारमा लागू हुने र कर्मचारीको थप ब्यक्तित्व विकास हुने बताउनुभयो ।

मुख्य प्रवन्धक मीलन ढकालले स्वागत गर्नु भएको तालिमको संचालन ऋण प्रवन्धक परमेश्वर दाहालले गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय