१२ आश्विन २०७७, सोमबार

पोखरा रोयल साकोसले १० लाखसम्म ९.९९ प्रतिशत ब्याजदरमै ऋण दिने

२३ श्रावण २०७७, शुक्रबार
पोखरा रोयल साकोसले १० लाखसम्म ९.९९ प्रतिशत ब्याजदरमै ऋण दिने

पोखरा, २३ साउन

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ९ दशमलप ९९ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । कोभिड–१९ का कारण अपठ्यारोमा परेका सदस्यहरुको व्यवसाय पुनरुद्धार गर्नेका लागि ९ दशमलप ९९ प्रतिशत ब्याजदर मै कर्जा प्रवाह गर्ने भएको हो ।

‘कोभिड सहायता ऋण’ शीर्षकबाट सदस्यहरुलाई सहुलियत दरमा ऋण प्रवाह गर्नका लागि संस्थाले तत्काल १० करोडको कोष व्यवस्थापन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले जानकारी दिनुभयो ।

संस्थाका ७ हजुर ५ सय १ सदस्य मध्ये १५ प्रतिशत अर्थात १ हजार १ सय २० जना सदस्यहरुलाई विभिन्न १५ वटा प्रश्नहरु समेटिएका सर्भेक्षण फारम भरि त्यसको नतिजाको आधारमा सदस्यहरुको व्यवसाय पुनरुद्धार तथा पुनसञ्चालन गर्नका लागि कोभिड केयर लोन लगानी प्रारम्भ गरिएको उहाँले जानकारी दिनुभयो ।

‘कोभिड सहायता ऋण’ शीर्षकबाट सदस्यहरुलाई सहुलियत दरमा ऋण प्रवाह गर्नका लागि संस्थाले तत्काल १० करोडको कोष व्यवस्थापन गरेको संस्थाका मुख्य प्रबन्धक मीलन ढकालले जानकारी दिनुभयो ।

केयर लोन एकजना सदस्यले बढीमा १० लाखसम्म पाउने र एक वर्षसम्म ऋणको ब्याजदरमा परिवर्तन नहुने ढकालले जानकारी दिनुभयो । ६ महिनासम्म ब्याज मात्र बुझाए हुने र यो सुविधा पुरानो तथा नयाँ ऋणी सदस्य सबैले उपभोग गर्न सक्ने गरि व्यवस्थापन गरिएको, कागजात पुगेको सदस्यहरुको लागि २४ घण्टाभित्र ऋण प्रवाह भईसक्ने र यो योजना पहिलो पटकको लागि २०७७ कात्र्तिक मसन् सम्म रहने उहाँले बताउनुभयो ।

संस्थाले गरेको सर्वेक्षणका क्रममा १ हजार १ सय २० सदस्यहरुलाई विभिन्न प्रश्न सोधिएको मध्ये कोभिडका कारण १ सय ३५ जना सदस्यले व्यवसाय र जागिर गुमाउनुपरेको, ४ सय ५२ जनाको व्यवसाय रोकिएको, ४३ जना सदस्यले हालको व्यवसाय परिवर्तन गर्न चाहेको, ३ सय ८८ जना सदस्यले ऋणको ब्याजदर छुट दिनुपर्ने र ६ सय २३ जना सदस्यले सरकारले उचित वातावरण तयार गर्नुपर्ने मत राखेका थिए । यसैको आधारमा संस्थाले आफ्नो सदस्यहरुको व्यवसाय र रोजगारी सुचारु गर्नका लागि कोभिड केयर लोन शुरुवात गरेको हो ।

यसभन्दा अगाडि संस्थाले सदस्यहरुलाई ब्याजमा १० प्रतिशत छुट दिएको, सरकारद्धारा स्थापित कोभिड राहत कोषमा सहयोग गरेको र आफ्ना सदस्यहरुलाई विभिन्न सहयोग र राहत समेत प्रदान गर्दे आइरहेको छ ।

अभिलेख

लोकप्रिय