३ असार २०८१, सोमबार

२२ वर्षमा पोखरा रोयल, संस्थागत सुशासन र उत्कृष्ठ वित्तीय सेवामा अब्बल

२०८० जेठ ८, सोमबार
२२ वर्षमा पोखरा रोयल, संस्थागत सुशासन र उत्कृष्ठ वित्तीय सेवामा अब्बल

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड २२ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले स्थापना दिवसको अवसरमा सम्पूर्ण सदस्य महानुभावहरूमा हार्दिक आभार व्यक्त गरेको छ ।

संस्थाले ‘सुखी सदस्य, दिगो सहकारी’ को परिकल्पना र ‘संस्थागत सुशासन कायम राख्दै सदस्यहरुमा उद्यमशीलता र रोजगारी विकास प्रवद्र्धन गर्ने अग्रणी सहकारी संस्था’ ध्येयका साथ आफ्ना कार्यक्रमहरु अघि बढाउँदै आएको छ ।
कोभिड १९ को दिर्घकालिन असर, रूस युक्रेन युद्ध, विश्वव्यापी आर्थिक मन्दी, अस्थिर वित्तीय बजार र यसले पारेको असरका कारण ब्यापार व्यवसायमा आएको शिथिलता बीच सदस्यहरूको साथ र सहयोगले संस्थागत सुशासन कायम गर्दै उत्कृष्ठ वित्तीय सेवा प्रदान गरिरहेको संस्थाले जनाएको छ ।

जना शेयर सदस्य २१ करोड शेयर पूँजी, १५ करोड ७३ लाख जगेडा कोष, विभिन्न कोषहरूमा १२ करोड २७ लाख, बचत निक्षेप १ अर्ब ६२ करोड, ऋण लगानी १ अर्ब ७७ करोड र तरलता रकम ३८ करोड ७८ लाख अर्थात २४.४२ प्रतिशत कायम गर्दै कूल वासलात २ अर्ब २५ करोड पुर्याउन संस्था सफल भएको छ ।

चालु आर्थिक वर्षमा संस्थाले सदस्य भेटघाट, सहकारी शिक्षा, मानव संसाधन विकास, युवा लक्षित गतिविधी (जस्तै: १०० युथ, सहकारी दुत, ग्लोवल मनी वीक), ऋण सदुपयोगिता जाँच, नियमित बचत वृद्धि (जस्तै: मिसन १०० अभियान) जस्ता गतिविधीमा विशेष ध्यान केन्द्रित गरेको छ । अभियानले सदस्यहरूमा जागरण पैदा भएको, सदस्यता विस्तार र संस्था सदस्य बीचको सम्बन्ध थप प्रगाढ भएको संस्थाका अध्यक्ष रूद्रकुमारी गुरूङ्ग “मैना”ले जानकारी दिईन ।

दिगो सहकारी निर्माणको अभियानमा सम्पूर्ण सदस्यहरूको सक्रिय साथ र सहयोगको अपेक्षा समेत संस्थाले गरेको छ।

अभिलेख

लोकप्रिय