१६ चैत्र २०८०, शुक्रबार

पोखरा रोयल बचतमा ४३ प्रतिशत युवा सदस्य

१४ चैत्र २०७९, मंगलवार
पोखरा रोयल बचतमा ४३ प्रतिशत युवा सदस्य

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा आवद्ध सदस्यहरु मध्ये १८ देखि ४० वर्ष उमेर भित्रका सदस्यहरुको संख्या ३ हजार ८ सय ३ अर्थात कूल सदस्य संख्याको ४३ प्रतिशत रहेको छ।

हाल संस्थामा ८ हजार ७ सय ९४ जना सदस्यहरु रहेका छन् । युवा सदस्यको तथ्यांक बमोजिम २ हजा र ७ सय ९४ जना महिला र १ हजार ९ जना पुरुष सदस्य रहेको संस्थाले जनाएको छ। तथ्यांक बमोजिम १८ देखि २५ वर्षसम्मका मात्र आँकाडा हेर्दा जम्मा सदस्यहरु ६ सय ५ जना र २५ देखि ४० वर्ष सम्मका युवा सदस्यहरुको संख्या ३ हजार १ सय ९८ जना रहेको संस्थाले जनाएको छ ।

संस्थामा आवद्ध सदस्यहरु मध्ये युवाहरुको अवस्था हेर्दा केही न केही पेशा वा व्यवसायमा आवद्ध रहेका, विश्वविधालयका पढाई सकेका र युवाहरु मध्ये विवाहित सदस्यहरुको बाहुल्यता रहेको तथ्यांकले बताउँछ । संस्थामा कूल युवा सदस्यहरु मध्ये २ हजार ३ सय २४ जना अर्थात ६१ प्रतिशत सदस्यहरु विवाहित छन् ।

ग्लोवल मनी विक २०२३ को साप्ताहिक कार्यक्रम बमोजिम संस्थाले गत चैत्र ६ देखि १२ गतेसम्म युवा लक्षित विविध गतिविधीहरु सञ्चालन गरेको थियो । सप्ताहको अन्तिम दिन संस्थाले उक्त तथ्यांक सार्वजनक गरेको हो ।

साप्ताहिक कार्यक्रम बमोजिम संस्थाले १ सय ८८ युवा सदस्यहरुलाई सम्मान तथा स्वागत, दुई वटा विधालयका ४२ जना विधार्थीहरुसंग कफि गफ र सहकारीको अवलोकन, बाल बचत कर्तालाई खुत्रुके बक्स वितरण, वित्तीय साक्षरता सम्वन्धमा दैनिक रुपमा चेतनामूलक सामग्री प्रकासन, “सुन्दर भविष्यको लागि बचत” शिर्षकमा अन्तर कर्मचारी निबन्ध प्रतियोगिता कार्यक्रम सम्पन्न भएको संस्थाले जनाएको छ।

प्रतियोगितामा ३३ जना कर्मचारीहरुले भाग लिएका छन् । सहभागी मध्ये उत्कृष्ठ ३ जना कर्मचारीलाई ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कृत गर्ने र उत्कृष्ठ निबन्धलाई अनलाईनमार्फत प्रकाशन गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले जानकारी दिए। त्यसरी नै युवा सदस्यहरुलाई सहकारीको विषयमा थप ज्ञान तथा शीप सिकाउने उद्देश्य बमोजिम नयाँ वर्ष २०८० को वैशाख पहिलो हप्तामा १०० यूथ, सहकारी दूत गोष्ठी सम्पन्न गर्ने निणर्य समेत गरेको छ ।

गोष्ठीले युवालाई सहकारीमा आकर्षण गराउने, व्यवसाय गर्न चाहने युवा सदस्यहरुलाई आवश्यक शिप र पूँजीको लागि व्यवस्थापन गर्ने र युवा अवस्थादेखि नै असल सहकारीकर्मी बनाउने गरि गोष्ठीको योजना बनाईएको उनले बताए।

अभिलेख

लोकप्रिय