१५ असार २०७९, बुधबार

पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता

८ जेष्ठ २०७९, आईतवार
पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता

कास्की : पोखराको बुद्धचोकमा मुख्य कार्यलय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था २१ वर्ष प्रवेश गरेको छ ।

२१ वर्षे यात्रामा पोखरा रोयल साकोसले संस्थागत सुशासन कायम गर्दै वित्तीय रुपमा अब्बल सहकारी संस्थाको पहिचान बनाउन सफल भएको छ ।

८ हजार ३ सय १३ जना सदस्यहरु र २ अर्ब १५ करोड रुपैयाँ कुल सम्पत्ती रहेको पोखरा रोयल साकोस नेपाली सहकारी क्षेत्रमा एउटा नेतृत्वदायी संस्थाको रुपमा पहिचान समेत बनाएको छ ।

सुखी सदस्य र दिगो सहकारी बनाउने परिकल्पनाका साथ अघि बढेको पोखरा रोयल सहकारीले स्थापना दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै सम्पूर्ण सदस्य, सञ्चालक समिति, कर्मचारी, नियामक निकाय लगायतमा शुभकामना व्यक्त गरेको छ ।

संस्थाका अध्यक्ष रुद्र कुमारी गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ्गले संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिस्पर्धी तथा तरल वित्तीय बजार, कोरोना महामारीले तहसनहस बनाएको व्यावसायिक क्षेत्रको अवस्था र विविध समस्याका बावजुद सदस्य सेवा र सहकारी अभियानलाई जीवन्त बनाईराख्न संस्थाले निरन्तर सकारात्मक र अग्रणी भूमिका खेलेको हामीले महशुस गरेका छौं ।’

संस्थाले सदस्यहरुको बदलिदो परिस्थिती बमोजिम आधुनिक विद्युतिय सेवा प्रदान गर्दै आएको छ । एटिएम सेवा, मोबाईल बैंकिङ, क्यूआर कोड, एसएमएस बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

आगामी दिनमा सेवाहरु अझ प्रतिस्पर्धी र सयम सापेक्ष बनाउँदै युवा केन्द्रित, ग्रामिण क्षेत्र केन्द्रित र बैंकिङ पहुँचभन्दा बाहिर भएका नागरिक केन्द्रित रहने संस्थाका मुख्य प्रबन्धक तथा सूचना अधिकारी मीलन ढकालले जानकारी दिनुभयो ।

आगामी वर्ष थप सफलता र सदस्य मुखी कार्यक्रम ल्याउने समेत प्रतिवद्धता संस्थाले जनाएको छ । सन्तुष्ट सदस्य, बचतको सुरक्षा, बलियो जडेडा कोष, सुशासनयुक्त र सदस्य केन्द्रित सेवा संस्थाको प्रमुख प्राथमिकता हुने उहाँले बताउनुभयो ।

नेपालको अग्रणी र सफल सहकारीको पहिचान लिएर सदस्य माझ रहिरहने प्रतिवद्धता संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय