सदस्यसँग पाँच तारा भेटघाट कार्यक्रम: सावधानीपूर्वक कारोबार गर्न सदस्यको सुझाव

काठमाडौं : पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले ‘सदस्यसँग पाँच तारा भेटघाट कार्यक्रम’ गरेको छ। संस्थाका अध्यक्ष भोला नाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सदस्यहरुको उल्लेख्य सहभागिता थियो । संस्थाका सदस्यसँग विस्तृत छलफल गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।
सदस्यहरुबाट राय सुझाव लिने र उनीहरुले दिएको सुझावका आधारमा संस्थाका गतिविधिलाई अगाडि बढाउने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाका अध्यक्ष पाठकले बताए। कार्यक्रम सहभागी सदस्यहरुले संस्थाले दिएको सेवाप्रति खुलेर प्रशंसा गरेका थिए । पछिल्लो समयमा सहकारीप्रति कतिपय नकारात्मक प्रचारहरु भईरहेको भन्दै उनीहरुले सावधानीपूर्वक संस्थाको वित्तीय कारोबारलाई अगाडि बढाउन सुझाव दिएका छन्।
सहकारी ऐनमा कर्जा असुली केन्द्र र ऋण असुली न्यायाधिकरणको व्यवस्था गर्ने भनिए पनि अहिलेसम्म आउन नसकेको अध्यक्ष पाठकले बताए । बैंक तथा वित्तीय संस्थामा कर्जा सूचना केन्द्र भए पनि सहकारीमा त्यो व्यवस्था नहुँदा कुन सदस्यले कहाँबाट ऋण लिएको छ भन्ने जानकारी लिन समस्या भएको उनले जनाए । ऐनमा भएको व्यवस्था कार्यान्वयन गरेको भए सहकारीमा यो हदसम्मको समस्या नआउने उनको भनाइ थियो ।
७० लाख सदस्य सहकारीमा आबद्ध भएको भन्दै उनले उनीहरुलाई सडकमा उतारेर भए पनि कर्जा सूचना केन्द्र ल्याउन अभियान लाग्नुपर्नेमा जोड दिए । सहकारीका छाता संघहरुमा आवद्ध नभएका संस्थाहरु बढी समस्यामा रहेको भन्दै उनले समस्या आउँदा बैंकको जिम्मा राष्ट्र बैंकले लिए जस्तै सहकारीको समस्यामा पनि राज्य जिम्मेवार हुनु पर्ने उल्लेख गरे । गाडी चढने भन्दा चप्पल लगाउने सदस्य बढी जिम्मेवार भएको भन्दै उनले नैतिकताको पाठ पढाउने बेला आएको सुनाए।
अहिले संस्थाले सदस्य चिन्ने बेला भएको भन्दै अध्यक्ष पाठकले सबैलाई नैतिकवान भएर संस्थामा कारोबार गर्न आग्रह गरे । सम्पूर्ण शेयर सदस्यको बचतको सुरक्षामा संस्थाका सञ्चालक र व्यवस्थापन जिम्मेवार बन्नुपर्नेमा सदस्यहरुको आग्रह छ । पाँच तारा उक्त भेगको लिडिङ संस्था भएकाले यसको छविलाई कायम गर्दै अगाडि बढ्न उनीहरुले सुझाए।
संस्थाकी व्यवस्थापक राधा कडरियाले सदस्यहरुको बचतको सुरक्षालाई संस्थाले ध्यान दिएको बताइन् । वित्तीय संकटका बेलामा पनि संस्थाले सदस्यहरुको आवश्यकता अनुसार बचत राख्न र झिक्न सक्ने प्रबन्ध मिलाएको उनले जानकारी दिइन्।
सहकारी सदस्यको लागि भएको भन्दै उनले सदस्यको बचतको सुरक्षाको प्रत्याभूति संस्थाले गर्ने भन्दै उनले ढुक्क भएर कारोबार गर्न सदस्यहरुलाई आग्रह गरिन् । सहकारी मुल्य मान्यता र सिद्धान्तमा रहेर वित्तीय कारोवार गर्दै आएको पाँचताराले सदस्यहरुको मन जित्दै समुदायमा आधारित संस्थाका रुपमा पहिचान बनाउन सफल भएको छ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी दिवसमा काठमाडौं उपत्यका भित्र संयुक्त र्याली र सभा हुने
१५ चैत्र २०७९, बुधबार
केवल आश्वासनकै भरमा आन्दोलन मत्थर !
१४ चैत्र २०७९, मंगलवार
हाम्रो सहकारीका ज्येष्ठ सदस्यलाई तीर्थाटन
१४ चैत्र २०७९, मंगलवार